Logo

२०८३, श्रावण ३०गते


images
images

जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने

जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने

images
  • सेतोमसी सहकर्मी
  • जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    मंगलवार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेशमा राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जसपाका राष्ट्रिय सभा सांसद मृगेन्द्रकुमार सिंहका अनुसार स्वीकृतिका लागि अध्यादेश सदनमा पेश हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताए ।

    images
    images
    images

     

    संसद नचलिरहेको अवस्थामा सरकारले सहकारी सहित ६ वटा अध्यादेश जारी गरेको थियो । संघीय संसदको पहिलो बैठक बसेको माघ १८ गते ६ वटै अध्यादेश संसदमा पेश भएपनि स्वीकृतिका लागि भने पेश हुन सकेको छैन । प्रतिनिधि सभामा सत्तापक्ष कांग्रेस एमालेको दुईतिहाइ नजिक बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा निर्णायक हुँदा सरकारले स्वीकृतिका लागि अध्यादेश पेश गर्न सकेको छैन ।

     

    यसअघि पटकपटक अध्यादेश स्वीकृतिका लागि पेश गर्ने तयारी गरेपनि जसपा अनिर्णित हुँदा अध्यादेशबारे अध्ययन गर्न जसपाले सांसद राजकिशोर यादवको नेतृत्वमा पाँच सदस्यिय कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको सुझाव अनुसार मंगलवार बसेको संसदीय दलको बैठकले निर्णय गरेको सिंहले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।