Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध पब्लिक मन्टेश्वरीलाई क्याम्ब्रिज प्रोग्रेसिभ मोडलमा सञ्चालन गरिने

बुद्ध पब्लिक मन्टेश्वरीलाई क्याम्ब्रिज प्रोग्रेसिभ मोडलमा सञ्चालन गरिने

images
  • बुद्ध पब्लिक मन्टेश्वरीलाई क्याम्ब्रिज प्रोग्रेसिभ मोडलमा सञ्चालन गरिने
    images
    images

    देवदह । बुद्ध पब्लिक मन्टेश्वरी देवदहले मंगलवार एक समारोहका विच चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । देवदहमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचय बनाएको बुद्ध पब्लिकले छुट्टै ब्लकमा सञ्चालन गरेको मन्टेश्वरी स्थापनाको चार बर्ष पुरा गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुतिहरु सहित भएको बृहत् कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख पर्शुराम ढकालले देवदह क्षेत्रको शैक्षिक विकासका लागि बुद्ध पब्लिकले महत्वपूर्ण योगदान पु¥याएको बताए । ‘एउटा शैक्षिक संस्था जसले अध्ययन अध्यापनका अलावा विभिन्न अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको प्रतिभाहरुलाई उजागर गर्ने काम गरिरहेको छ ।’ ढकालले भने, ‘शैक्षणिक क्रियाकलापमा यो महत्वपूर्ण पक्ष हो ।’

    images
    images
    images

     

    सोहि अवसरमा मन्टेश्वरीका प्रवन्ध निर्देशक कृष्ण प्रसाद गैरेले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले निकट भविष्यमै मन्टेश्वरीलाई क्याम्ब्रिज करिकुलम अनुसार प्रोगेसिभ मोडलको रुपमा अघि बढाउने र हाल सञ्चालनमा रहेको आई टि करिकुलमलाई समेत निरन्तरता दिने उल्लेख गरे ।

     

    कक्षा ५ सम्म मन्टेश्वरी विधिबाट सञ्चालित बुद्ध पब्लिकमा तिन सय ४२ विद्यार्थी अध्ययनरत छन् । पूर्व प्रावि तर्फ प्रत्येक कक्षामा बाढिमा १५ जना र प्रावि तर्फ प्रत्येक क्षामा बढिमा २० जना विद्यार्थी अध्ययन गरिरहेको निर्देशक गैरेले बताए । बिद्यालय पूर्ण रुपमा वातानुकुलित र बालमैत्री वतावरणमा सञ्चालन भइृरहेको गैरेले जानकारी दिए ।

     

    कर्यक्रममा विभिन्न विधामा उत्कृष्ट बर्ष शिक्षकका रुपमा शिक्षक चन्दकला चापागाई र आकृति गुरुङ्ग तथा उत्कृष्ट कर्मचारीको रुपमा रामबहादुर कुमाललाई सम्मानित गरियो । यसैगरि ५ बर्ष कार्यअवधि पुरा गरेका शिक्षक सोनीया परियार, प्रविना हमाल र कर्मचारी देवी थापालाई समेत सम्मानित गरियो । यस्तै अभिभावकहरु विच भएको खेलकुद कार्यक्रमका उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार वितरण गरियो ।

    buddha public manteshwari 1.jpg

    मन्टेश्वरीका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता, प्रिन्सिपल मनिषा थापा गौतमको स्वागत र शिक्षक आकृति गुरुङ्ग संगै बिद्यार्थी अभिनव ढकाल तथा रिदिमा सुनारको सञ्चालनमा भएको कार्यक्रममा प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्ग, बुद्ध पब्लिक स्कूलका अध्यक्ष जयकिशन अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।