Logo

२०८३, आश्विन १०गते


images
images

भारत र बंगलादेशसँगको विद्युत व्यापार सम्झौता नेपालका लागि कोसेढुंगा : प्रचण्ड

भारत र बंगलादेशसँगको विद्युत व्यापार सम्झौता नेपालका लागि कोसेढुंगा : प्रचण्ड

images
  • भारत र बंगलादेशसँगको विद्युत व्यापार सम्झौता नेपालका लागि कोसेढुंगा : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

    images
    images
    images

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो ।’ उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायत देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’

    images
    images
    images

    भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

    images
    images
    images

    त्यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने प्रचण्डले बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी समेत उनले गरे । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुनेगरी अध्यादेश ल्याए पनि अदालतले रोकेको उनले बताए ।

    कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको लोडसेडिङ अन्त्य र जलविद्युत विकासमा प्रचण्डको योगदान महत्वपूर्ण रहेको बताए । उनले संसदमा रहेको विधेयकमा पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।