देवदह । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेलामा स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना भएको छ । कुम्भमेलाबाट फर्किदै गर्दा गएराती ४ बजे गाडी दुर्घटना भएको हो ।
सेतोमसीलाई प्राप्त सूचना अनुसार भारतको गोरखपुर नजिकै दुर्घटना भएको गाडीमा देवदहका ७ जना सवार थिए ।
दुर्घटना र दुर्घटनामा भएको क्षतिबारे जानकारी लिने प्रयास भइरहेको जिल्ला प्रहारी कार्यालय रुपन्देहीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology