Logo

२०८३, आश्विन १०गते


images
images

अपडेट

देवदहबाट कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

देवदहबाट कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

images
  • देवदहबाट कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु
    images
    images

    देवदह । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए । 
     
    कुम्भमेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीलाई उदृत गर्दै एक भारतीय संचारकर्मीले सेतोमसीलाई बताए ।

    images
    images
    images

     युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको सेतोमसीलाई प्राप्त सूचनामा उल्लेख छ । गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ । 

    images
    images
    images
     accident car .jpeg

    फागुन ३ गते देवदह बाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।