Logo

२०८३, श्रावण ३०गते


images
images

मेलबर्नतिर बरालिँदा

मेलबर्नतिर बरालिँदा

images
  • मेलबर्नतिर बरालिँदा
    images
    images

    मेरो पहिलो सन्तान छोरी सन्तोषीको स्नातकोत्तर उपाधिको दिक्षान्त समारोहमा अभिभावकको रुपमा सहभागि हुन म र मेरी जीवन संगिनी सुशिला फेब्रुअरी ३, २०२५ मा मेलबर्नमा (अष्टेलियाको दोश्रो ठूलो शहर्र) टेकेका थियौं । शुरुको दिन यात्राको थकाई मार्दै बितायौं । २ बर्ष ६ महिनापछि छोरीसंग भेट्दा उसको अनुहारमा पोखिएको हाँसो र खुसी देखेर म औधि सन्तुष्ट महसुस गरेको थिएँ । पहिलो चोटी छोरीले घर छोडेर चितवनको वेव इन्स्टीच्युटमा उच्चशिक्षामा छात्रबृतिमा नाम निकाल्न तयारी कक्षाका लागि छोडेर घर फर्किदा त मैले आशुँ थामेको थिएन । काठमाण्डौबाट मेलबर्नका लागि बिदाई गर्दा पनि आँसुका ढिक्का बालबाल बचाएको थिएँ । यसपटक त्यो बिदाईका आँसुलाई छोरीले डेकन युनिभर्सिटी मेलबर्नको विज्ञान तर्फको वातावरणीय दीगो विकास विषयमा स्नातककोत्तर सकेर खुशीका आँसुमा फर्काएकी थिईन् । त्यो दिक्षान्त हेर्न मेरा आँखा लालायीत थिए ।  दिक्षान्त समारोहमा पिएच डि, स्नातकोत्तर र स्नातक गरी ३ तहका थिए । स्नातकोत्तरमा तेश्रो नम्बरमै सन्तोषीको नाम थियो । चान्सलर, डिन, प्रोफेसहरु मन्चमा थिए । गाउन र क्राउन लगाएका विद्यार्थिहरु नाम अनुसार स्टेजमा गए । प्रमाणपत्र लिए । सिमित औपचारिकतापछि आफनोे ठाउँमा आए । बाहिर फोटो फ्रेमहरुमा हामीले तस्बीरहरु खिचायौं । तर मेरो यो लेखको उद्देश्य छोरीको दिक्षान्त समारोहको व्याख्यालाई बनाएको छैन । त्यो मेरो नितान्त निजी अनुभुति हो । केही दिनको बसाईभित्र मैले मेलबर्न बसाईलाई हाम्रो विकास राजनीतिको व्यवस्थापन पक्षसंग भने बारम्बार तुलना गरेर हेरी रहेँ । 

    images
    images
    images

    मेलबर्न पहिलो सिँगो अष्टेलियाको राजधानी हुँदै आज एक शैक्षिक व्यापारिक केन्द्रको रुपमा केही सेक्टरको मुख्य प्रशासनिक केन्द्रको रुपमा स्थापित क्षेत्र रहेछ । यो अहिले भिक्टोरिया राज्यको राजधानी हो । यो शहर भोजन, कला र खेल तथा अनौठा वास्तुशिल्पबाट प्रतिष्ठित छ । छोटा दिनका यी बसाईले मेलबर्नलाई कसरी राम्ररी बताउन सकुला र ! एक हप्ताका विचमा फुटस्के्र क्षेत्रमा सामान्य किनमेल, विश्वबिद्यालय रहेको जिलोंग सिटी, साउथर्न क्रस मेलबर्न सिटि, ब्राईटेन बिच समुद्री किनार, कलकलो, टार्नेट सामान्य क्षेत्रहरुमात्र घुमेका छौं ।

    images
    images
    images

    विचित्र मौसम

    images
    images
    images

    मेलवर्नको मौसम वडा विचित्रको रहेछ । छिनमै जाडो र छिनमै अत्यधिक गर्मी, छिनमै हुरी बतास । यी तीन वातावरणीय मौसमको कुनै भर नहुने रहेछ । यसर्थ मानिसहरु झोलामा न्यानो र गर्मिसिजनका कपडा, पानीको बोटल लिएर हिँडने चलनचल्ती नै रहेछ । बाटामा घाँसे मैदानहरु ठूला फराकिला सडकहरु, पैदल, साईकल, कार बस टार्म चल्न मिल्ने गरी बनाइएका संकेतहरु । भर्खरै बनेका नयाँ लाग्ने सडक सफा र सुन्दर । पर्याप्त खाली जग्गा पातला ठूला रुखहरु । जहाजबाट देखिएका ठुला कृषि फर्म होलान भनठानिएका प्लटहरु त घासेँ मैदानमा सडकहरु चिरा पारेका क्षेत्रहरु बढि रहेछन भन्ने लाग्यो । 

    यात्रा र समयको महत्व

    विकास प्रशासनमा डिजिटल प्रबिधिको प्रयोग गरेर त्यो अनुरुपको सेवा नागरिकलाई पूर्याएको हरेक ठाउँमा अनुभुत गर्न पाईयो । पहिलो कुरा हो समय । यात्रामा रहने मानिसलाई सबैभन्दा बढि चाहिने सूचना र त्यसका संकेतहरु अत्यन्तै व्यवस्थित रुपमा मिलाइएका छन् । बाटो क्रस गर्न र बस स्टप होस वा रेलवे स्टेशन । कुन बाहन कतिखेर स्टेशनमा आउँछ, त्यो स्टेशनमा डिजिटल्ली देखाइएको छ । मानिस आफ्नो समय नापेर हिँडेपछि उसले आफ्नै कमजोरी धोका खाला तर पब्लिक ट्रान्सपोर्ट (पिटी)को कमजोरीले खाँदैन । कुन बेला कुन ठाउँमा पुग्नुपर्ने त्यो ठाउँमा उ तोकिएको समयमा नै पुग्न कुनै बाधा छैन । यसले त कामदार, सरकारी कर्मचारी र पर्यटक सबैलाई समय व्यवस्थापन गर्न सजिलो हुने भयो । 

    विश्वबिद्यालयको सार्वजनिक गरिएको दिक्षान्त समारोहमा पुरा समयलाई पहिले नै ब्रेक डाउन गरी कुन समयमा कति काम सक्नु पर्ने भनेर पहिले नै वेवसाईटमै सूचित गरिसकिएको थियो । कार्यक्रम तोकेको समयमा १ मिनेट पनि ढिलो नगरी शुरु भयो । १ मिनेट पनि बडि समय नलिईकन कार्यक्रम सकियो पनि । हामीले सार्वजनिक यातायात क्षेत्र मात्रै सुधार गर्यौं भने कतिधेरै क्षेत्रमा त्यसको प्रभाव पर्छ भन्ने कुरा महसुस गर्न सकिन्छ । 

    हामीलाई साउर्थन क्रसबाट फुटसक्रे आउनुपर्ने थियो । रेलवे स्टेशन मर्मत भएकोले रेल फुटसक्रे आउन सकेको थिएन । साउथ कन्सिगमटमबाट फुटस्क्रे आउन बाहिर नि:शुल्क बसहरु खडा थिए । सार्वजनिक बसले हामीलाई निर्धारित समयमै पुरयाए । प्रबिधि डिजिटल भुक्तानी अनिबार्य थियो । बसमा पनि रेलमा पनि । माईकि कार्ड छोरीले बनाईदिएर त्यसमै डलर राखिएको थियो । पे स्टेण्डमा टच गरेर प्रबेश गर्ने र निस्कदा पनि त्यसै गर्ने । माइकि कार्ड बनाएपछि दिनको ११ डलर खर्च गरेर जहाँ सुकै लोकल यात्रा गर्न सकिने । कार्ड बनाउने डिजिटल मेसिनहरु सबै स्टेशनमा छन । लाईन लाग्नुपर्ने कुनै बाध्यता थिएन । जनसंख्या तिनको गतिशिलताको अध्यनन गरेर नै सबै सुविधाहरु सार्वजनिक स्थानमै राखिएका छन । बस र रेलमा टिकट चेक गर्ने बाहके कुनै सार्वजनिक अथोरिटी हामीले देखेनौं । 

    पार्कहरुमा घुम्दा 

    मेलबर्न सिटी पुग्दा लाग्यो, यो कलाप्रेमीहरुको शहर हो । बाटामा क्यानभासमा रंग पोत्नेहरु खुबै थिए । भित्ताहरु पनि क्यानभासका चित्रहरुले रंगिन थिए । चित्रका कुरा त मैले धेरै बुझिन तर यीनको कलाप्रेम महसुस गरेँ । दोश्रो विश्वयुद्धको सम्झना गराउने क्वीन भिक्टोरिया गार्डेनमा शान्तिदिप जलिरहेको थियो । मलाई मेरै लुम्बिनीको शान्तिदीपनको सम्झना भयो । शहादत प्राप्त गरेका सैनिक योद्धाहरुका अग्ला मुर्तिहरु थिए र हरेक ठूला बिरुवाको तल कुनै न कुनै बिरयोद्धा सेनानीको नाम अंकित थियो । सायद यो पार्कमा एकताका उनकै सम्झनामा बृक्षारोपण गरिएको थियो । पार्कस्थल पुरै सफा र व्यवस्थित थियो । सफाईकर्मिहरु सायद बिहानको समयमा काम गर्दा हुन् । दिउँसो पर्यटक आउने समय अगावै झरेका पातपतिंगर बढार्दा हुन् । पार्क सुन्दर थियो, प्रवेशमा कुनै शुल्क थिएन । 

     
    पार्कमा शारिरिक सुगठनका लागि बनाएका व्यायामशालाहरु थिए । साईकिलिङ गर्ने क्षेत्र थियो । पिकनिक सेठमा खाना पकाउने ग्याँस सहितको चुल्हो थियो । नजिकै फोहोर जम्मा गर्ने कन्टेनर र करिब एक मिटरभित्र पिउने पानीको धारा । छिटफुट छहारी लाग्न मिल्ने बोटहरु र खाली भागमा दुवोमा बस्न मिल्ने खाली ठाउँ । केही छिनको दुरीमा पार्क बेन्चहरु व्यवस्थित थिए । बालबंगैचा पिंङ्हरु ठाउँ ठाउँमा थिए । प्रत्येक रुखहरुको सजावट र संरक्षण व्यवस्थित थियो । पकृतिप्रेमीहरुका लागि त अत्यन्त मनमोहक बगैचाहरु थिए । सामान्य व्यवस्थापनमा कहिँ शुल्क काटने काट्ने थिएनन् । पार्कमा शौचालय र बर्षाको पानी ड्रेन प्रणाली राम्रो बनाइएको थियो । यी पार्कहरु घुम्दा मैले देवदहलाई कलात्मक पार्कको नगर बनाउने कल्पना पटक पटक दिमागमा आउँदै र बिलाउँदै गरे । 

    अर्को पार्क फुटस्क्रेको नदी किनारको पार्कमा हामी गयौं  । यो पनि विशाल पार्क थियो । खासगरी ड्राई पिकनिक जानको लागि अति उपयुक्त । यो पार्कमा शारिरिक सुगठनका लागि बनाएका व्यायामशालाहरु थिए । साईकिलिङ गर्ने क्षेत्र थियो । पिकनिक सेठमा खाना पकाउने ग्याँससहितको चुल्हो थियो । नजिकै फोहोर जम्मा गर्ने कन्टेनर र करिब एक मिटरभित्र पिउने पानीको धारा । छिटफुट छहारी लाग्न मिल्ने बोटहरु र खाली भागमा दुवोमा बस्न मिल्ने खाली ठाउँ । केही छिनको दुरीमा पार्क बेन्चहरु व्यवस्थित थिए । बालबंगैचा पिंङ्हरु ठाउँ ठाउँमा थिए । प्रत्येक रुखहरुको सजावट र संरक्षण व्यवस्थित थियो । पकृतिप्रेमीहरुका लागि त अत्यन्त मनमोहक बगैचाहरु थिए । सामान्य व्यवस्थापनमा । कहिँ शुल्क काटने काट्ने थिएनन्  । पार्कमा शौचालय र बर्षाको पानी ड्रेन प्रणाली राम्रो बनाइएको थियो । यी पार्कहरु घुम्दा मैले देवदहलाई कलात्मक पार्कको नगर बनाउने कल्पना पटक पटक दिमागमा आउँदै र बिलाउँदै गरे ।

    नुनिलो पानीमा पौडिदा

    'ब्राईटेन बिच' भन्ने समुद्री किनारमा पुगेर स्विमिङ्ग गर्ने र सुर्यास्त हेर्ने गरियो । पुर्णिमाको दिन भएकोले समुद्रको छाल बढि नै थियो । समुद्री छालहरुका धकेला-धकेलविच केही बेर पौडियौं । झुक्किएर पानी पटक-पटक मुखभित्र हुँदै जिब्रोमा पनि पुग्दा साह्रे कडा नुनिले थियो । अलि घिनपनि लाग्यो । झुक्किएर नुनिलो पानी पेटमा जाला भन्ने डर । पर्यटकका लागि पानीको छाल पोखरी र बोटिंग, स्विमिङ्ग जस्ता सुविधाहरु आकर्षण हुन्छन भन्ने लाग्छ । 

    पौडि खेलिरहँदा सम्झिएको देवदहको जल पर्यटनको माष्टरप्लान 

    मलाई देवदहमा साच्चिकै ठूलो दह हुनुपर्छ, जहाँ राम्रो जल पर्यटन गराउन सकियोन् भन्ने लागेको हो । तर उपयुक्त ठाउँ कहाँ होला भनेर खोज्ने क्रममा अत्यन्तै उपयुक्त मानेको देवदह-२ को देवीथानदेखि उत्तर कजरार खोलामा बाँध हाली हालको नगरपालिका भवनको तल्लो तटसम्म जलाशय निर्माण गर्न सकिने ठाउँ देखेको थिएँ । देवदहको ४, २,३ र सुनवल नपाको ७ नम्बर वडा जोडिने गरि फैलिन सक्ने अस्नैया पश्चिम र देवीथान उत्तरको कजरार खोलाको भागलाई सिँगो तालमा रुपान्तरण गर्न सकिन्छ भन्ने लागेको हो ।

    मैले एक पटक तत्कालिन ५ नम्बर प्रदेशको भौतिक मन्त्री हुँदा मित्र बैजनाथ चौधरीलाई यो बिषय अनुरोध गरेको थिएँ । उक्त जलाशय सुनवल नगरपालिकाले भन्ने गरेको देवदह ताल समयमाई मन्दिर अस्नैयाको पनि नजिकै छ । दुवै पालिका मिलेर संयुक्त रुपमा यो परियोजना बनाउने हो भने जलपर्यटन, सिंचाई र अहिले टायर फेक्ट्री भएको क्षेत्रलाई विच पारेर सो ठाउँमा बौद्ध गुम्बा वा बिहार बनाउन सकिन्छ । त्यसले धार्मिक पर्यटनलाई पनि आकर्षण गर्न सकिन्छ । त्यहीनिर अग्लो टावर वा धरहरा बनाएर पण्डितपुर, रामग्राम,  देवदह र लुम्बिनी समेत देखिने बनाउन सकिन्छ । जसलाई पण्डितपुर, रामग्राम लुम्बिनी र देवदहलाई जोड्ने एक पर्यटकीय हब बनाउन सकिन्छ । मैले त्यतिखेर महत्व बुझाउन सकिन सायद - रोहीणी खोलामा बन्न लागेको बाँधबाट यो आवश्यकता पुरा हुने अपेक्षा थियो तर दुर्भाग्य यसको डिपिआर डिजाईन नै त्रुटिपुर्ण भएकोले राज्यको हालसम्मको लगानी नै खेर गयो ।
     
    त्यो नुनिलो पानी होइन, सफा र निर्मल पानीमा नुहाउन पौडि खेल्न र माछा पाल्न, बोटिङ्ग गर्न, रिसोर्ट लगायतका ठूला होटलहरुलाई आमन्त्रण गर्न सकिन्छ । स्थानीय रोजगारी उल्लेख्य मात्रामा बढाउन सकिन्छ । यस्तै सानो बाँधले रुपन्देहीको रुद्रपुरले काँचुली फेर्दैछ भने देवदह पण्डितपुर, रामग्राम जस्ता सांस्कृतिक  र ऐतिहासिक क्षेत्रमा कसो कायाँपलट नगर्ला ?

    ब्राईटेन बिचबाट साँझ सुर्यास्त र फुलमुन डे (पुर्णिामा) पनि एकैपटक दर्शन गर्यौं । सुर्यले समुद्रको पल्लो कुनामा पानीमा पहेँलो रंग भर्दै गहिराईमा पस्यो । बिस्तारै अध्यारो फैलिन के भ्याएको थियो ?  पुर्णिमाको सितल उज्यालो हाम्रो अनुहारमा पोखियो । हामी प्रशन्न भयौं । साँझको खाना रोटी तरकारी झोलामै बोकेर  लगेका थियौं । त्यही म्याट बिछाएर पानी, रोटी र तरकारी खायौंं । त्यही जुनको उज्यालोमा पल्टियौं । ब्राईटेनविचको आकाशतिर हेरेर मैले हाम्रै भुमिको पुर्णिमा खोजिरहेको थिएँ । लुम्बिनीबाट देखिने शान्त, निर्मल चन्द्रमाले बादलसित लुकामारी गर्दै आकाशमा किरण फैलाएको समयको सम्झना गरिरहेको थिएँ । मेलबर्नमा पनि बौद्ध बिहारहरु प्रशस्तै छन् भन्ने सुनेको छु तर पुग्न भ्याएको छैन । साँझ ९:३० बजे हामी त्यहाँ फुटस्क्रे तर्फ फर्कियौं । 

    २०२५ फेब्रुअरी १६, तदुनसार फागुन ४ २०८१ (मेलवर्न, डप स्ट्रीट फुटस्क्रे बाट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलबर्न
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।