काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।
शुक्रवार बिहान सामाजिक सञ्जालमा स्टाटस शेयर गर्दै मेयर शाहले आँफुलाई बरु मेयर भनेर बिर्सिए पनि एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।
उनले स्टाटसमा कविता शैलिमा लेखेका छन्, ‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’
मेयर शाहले गएराति समेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्लाई सम्बोधन गर्दै स्टाटस लेखेका थिए । जसमा उनले अमेरिकी नागरिकलाई अल्छी भन्दै उनीहरु आफैले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology