देवदह । देवदह नगरपालिकाले फाल्गुन १५ गते बिहिवार स्थानीय विदा दिने निर्णय गरेको छ । ४३औं मगर स्थापना दिवसको अवसर पारेर स्थानीय विदा दिने निर्णय गरेको हो ।
मंगलवार नगरप्रमुख ध्रुवप्रसाद खरेलले एक सूचना जारी गर्दै दिवसको अवसरमा सम्पूर्ण नगरवासीहरुलाई शुभकामना दिएका छन् ।
यसैगरी उक्त दिन देवदह नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, आधारभुत स्वास्थ्य केन्द्र तथा सामुदायिक एवं संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology