एजेन्सी । दक्षिण कोरियाको राजमार्ग निर्माण स्थलमा मंगलवार पुल भत्किँदा चार जना कामदारको मृत्यु भएको छ ।
अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् । पुलमाथि राखिएको चार वा पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो ।
जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० जना कामदारमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन् । क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरू बीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो ।
अग्नि नियन्त्रण अधिकारीहरूले उद्धार कार्यका लागि ९२ वटा उपकरण र लगभग १७० जना कर्मचारी परिचालन गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology