Logo

२०८३, आश्विन १२गते


images
images

नेकपा एमालेले केन्द्रीय पदाधिकारी संख्या ९ जनामा सिमित गर्ने

नेकपा एमालेले केन्द्रीय पदाधिकारी संख्या ९ जनामा सिमित गर्ने

images
  • नेकपा एमालेले केन्द्रीय पदाधिकारी संख्या ९ जनामा सिमित गर्ने
    images
    images

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सीमित गर्ने भएको छ । आइतवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ मा झार्ने निर्णय गरेको हो ।
    बैठकपछि सञ्चारकर्मीहरु माझ निर्णय सार्वजनिक गर्दै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र प्रचार, विदेश मामिला र संगठन हेर्ने गरी तीन सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहने बताए ।

    images
    images
    images

    अब संगठनहरु केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने पनि निर्णय गरेको छ । यस्तै, स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए ।

    images
    images
    images

    नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    images
    images
    images

    प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।