Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह नगरपालिकाको सार्वजनिक सुनुवाई : दोश्रो चौमासिकसम्म पुँजीगत खर्च १० प्रतिशतभन्दा कम

देवदह नगरपालिकाको सार्वजनिक सुनुवाई : दोश्रो चौमासिकसम्म पुँजीगत खर्च १० प्रतिशतभन्दा कम

images
  • देवदह नगरपालिकाको सार्वजनिक सुनुवाई : दोश्रो चौमासिकसम्म पुँजीगत खर्च १० प्रतिशतभन्दा कम
    images
    images

    देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को दोश्रो चौमासिकसम्म २६.५३ प्रतिशत बजेट रकम खर्च गरेको छ ।  नगरले चालु आर्थिक बर्षको लागि एक अर्व २५ करोड २३ लाख ६५ हजार रुपैंया बार्षिक बजेट विनियोजन गरेको भएपनि माघ मसान्त सम्म ३३ करोड २२ लाख ६३ हजार ९ सय ८८ खर्च गरेको हो । 

    images
    images
    images

    नगरपालिकाले मंगलवार आयोजना गरेको दोश्रो चैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यस आर्थिक बर्षमा चालु तर्फ ५८ करोड २७ लाख ६ हजार ५ सय रुपैंया र पुँजीगत तर्फ ६७ करोड २० लाख ८९ हजार रुपैंयाँ खर्च गर्नुपर्ने बताए ।

    images
    images
    images

    सापकोटाले दोश्रो चौमासिकको अन्त्यसम्म चालु तर्फ ४५ प्रतिशत अर्थात २६ करोड ५८ लाख ५६ हजार ८ सय ३७ रुपैया र पुँजीगत तर्फ झण्डै दश प्रतिशत अर्थात ६ करोड ६४ लाख ७ हजार १५ रुपैया खर्च भएको जानकारी दिए ।  
    कार्यक्रममा बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले नागरिकले दिएको सुझावलाई कार्यान्वयन गर्न नगरपालिका तत्पर रहेको बताए । नगरप्रमुख खरेलले नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने र मासिक रुपमा सञ्चारकर्मीहरुसँग बसेर नगरपालिकाले गरेका कामको वारेमा जानकारी दिने बताए । उनले सामुदायिक विद्यालयलाई दिएको सवारी साधन गलत तरिकाले प्रयोग भएको बताउँदै यस आर्थिक बर्ष भित्र नगरका केहि विद्यालय मर्ज गरिने उल्लेख गरे । 
    नगर प्रमुख खरेलले देवदह क्षेत्रमा रहेका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी भएको बताउँदै त्यसलाई रोक्न सवै नागरिकले भूमिका खेल्नु पर्नेमा जोड दिए । 
    उनले अवका दिनमा नगरपालिकालाई राजश्व नबुझाई देवदह क्षेत्रमा मेला÷महोत्सव गर्न नदिइने उल्लेख गर्दै कानुन भन्दा माथी कोहि नरहेको बताए । गतबर्षको सेनेटरी प्याड प्रकरणबारे सहभागिले सोधेको प्रश्नमा नगरप्रमुख खरेलले सेनेटरी प्याड नगरपालिकाले नभई स्वयम् विद्यालयले खरीद गरेको जानकारी दिए ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले न्यायिक समिति र सो सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रशासन र कर्मचारीका विषयमा उठान भएका गुनासाहरुबारे प्रष्ट पारेका थिए । सोहि अवसरमा ईन्जिनियर राजकुमार यादवले समेत विषयगत रुपमा उठेका प्रश्नको जवाफ दिएका थिए । 

    images
    images
    images

    कार्यक्रममा माधव रिमाल, लक्ष्मण उपाध्य, बिमल भूषाल, नमकान्त पाण्डे, रुद्रमान ढकाल, खेमप्रसाद पाण्डे, पुष्पा चौधरी, लालबहादुर ठकुरी रोजबहादुर गुरुङ्ग, चन्द्रकान्त खराल लगायतले बोल्दै शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सुशासन लगाएत विषयमा नगारपालिका र सम्बद्ध निकायको ध्यानआकर्षण गराए । उनीहरुले देवदहलाई अध्यात्मिक नगर बनाउनको लागि पालिकाले सहयोग गर्नुपर्ने, नगरका कर्मचारीहरु सेवाग्राहीमैत्री हुनुपर्ने, नगरपालिकाले नगरको सर्वपक्षिय अभिभावकत्व ग्रहण गर्नुपर्ने लगाएतका विषयमा जोड दिएका थिए ।   

    देवदह प्रेस क्लवको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सेतोमसी डट कमका कार्यकारी सम्पादक पवन पौडेलले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।