काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी दिए । ‘गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाएको छु ।’ उनले भने, ‘प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरुले पु¥याउनुभएको योगदान महत्वपूर्ण छ ।’
सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्र नेपाली काँग्रेस पार्टी बलियो हुने र काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology