Logo

२०८३, श्रावण ३०गते


images
images

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयो : माओवादी केन्द्र

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयो : माओवादी केन्द्र

images
  • सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयो : माओवादी केन्द्र
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतवार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाबिरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ ।

    images
    images
    images

    बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई÷मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए । उहाँले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गरे । 

    images
    images
    images

    उनले माओवादीनै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए । माओवादीले सरकार सबैखाले काममा अहिले असफल भएको निस्कर्ष निकालेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।