Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चारवटा विधेयक प्रमाणित

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चारवटा विधेयक प्रमाणित

images
  • राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चारवटा विधेयक प्रमाणित
    images
    images

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमवार प्रमाणित गरेका हुन् ।

    images
    images
    images

    अध्यक्ष दाहालले प्रमाणित गरेका ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइने संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images

    उनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०,  विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् ।

    images
    images
    images

    संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागु हुन्छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।