Logo

२०८३, श्रावण ३०गते


images
images

'मानवअधिकारको राज्यले सुनिश्चिता गर्छ' - मुख्यमन्त्री केसी

'मानवअधिकारको राज्यले सुनिश्चिता गर्छ' - मुख्यमन्त्री केसी

images
  • 'मानवअधिकारको राज्यले सुनिश्चिता गर्छ' - मुख्यमन्त्री केसी
    फाइल फोटो
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मानवअधिकार र सम्मान पूर्वक वाँच्न पाउने नागरिकको अधिकारलाई राज्यले सुनिश्चिता गर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको  विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् । 

    images
    images
    images


    मानव अधिकारको रक्षा र आमनागरिकलाई यसको प्रत्याभूति गराउनको लागि प्रदेश सरकार निरन्तर लागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री केसीले नागरिक विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसलाई पनि समाधन गर्न राज्य नै लाग्नु पर्ने बताउँदै बताए ।

    images
    images
    images


    मानव अधिकारको क्षेत्र विशाल र विस्तृत भएकोले यस विषयमा सबैलाई बुझाउन आवश्यक रहेकोमा  मुख्यमन्त्रीको जोड थियो ।

    images
    images
    images


    त्यस्तै कार्यक्रममा मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिंगीय, धार्मिक, साँस्कृतिक विभेदका विरुद्ध लगायत सबै मानिसको जन्मसिद्ध अधिकारलाई प्रत्याभूति गराउनको लागि नेपाल सरकार पक्ष राष्ट्र भएकोले नेपाल सरकारले आफै कार्यन्वय गर्नुपर्ने बताए । 

         
    कार्यक्रममा लुम्बिनी प्रदेश सरकार कानून, महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रस्तुतिकरणको क्रममा विश्व व्यापी मानव अधिकार महासन्धी ९ वटा मध्ये ७ वटा महासन्धीमा नेपाल पक्ष राष्ट्र भइ सकेको बताउँदै नेपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।