Logo

२०८३, श्रावण ३०गते


images
images

नेवार समुदायको चिहान काँग्रेस नेताले हडपेको रास्वपा सांसदहरुको आरोप

नेवार समुदायको चिहान काँग्रेस नेताले हडपेको रास्वपा सांसदहरुको आरोप

images
  • नेवार समुदायको चिहान काँग्रेस नेताले हडपेको रास्वपा सांसदहरुको आरोप
    images
    images

    काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाए । खनालले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकायले संरक्षणमा कुनै पहल नगरेको आरोप लगाए । 

    images
    images
    images


    उनले भने, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२÷६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो तथा उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’

    images
    images
    images


    रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरेकी छन् । सांसदहरुको यस्तो आरोपपछि कांँग्रेस नेताहरु उठेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले तथ्याङ्कमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्र्षण गराएका छन् । 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।