Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट डा. खनाल हटे, निमित्त मेसुमा डा. ढकाल नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट डा. खनाल हटे, निमित्त मेसुमा डा. ढकाल नियुक्त

images
  • लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट डा. खनाल हटे, निमित्त मेसुमा डा. ढकाल नियुक्त
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएको छ । डा. इन्द्र ढकाललाई निमित्त मेसु नियुक्त गर्दै डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

    images
    images
    images


    बिहिवार बसेको क्याविनेटको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्काले लुम्बिनी प्रदेशमा कोभीड-१९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताए ।

    images
    images
    images


    साथै, बाँके जिल्लाको बैजनाथ गाउपालिका, रुकुम (पूर्व) जिल्लाको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरुलाई थपघट / समायोजन गर्ने तथा पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकार समक्ष पठाउने निर्णय क्याविनेटले गरेको छ ।

    images
    images
    images


    त्यसैगरी, लुम्बिनी प्रदेशको कृषि विकास सम्बन्धी प्रादेशिक रणनीतिको मस्यौदा र शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत क्याबिनेटले गरेको छ । 

    यी हुन् बिहिवार क्याविनेटले गरेका ९ निर्णय :


    १. बाँके जिल्लाको बैजनाथ गाउपालिका (साविक टिटिहरिया), रुकुम (पूर्व) जिल्लाको भूमे तथा पुथा उत्तरगंगा गाउपालिकाका वडाहरुलाई थपघट / समायोजन गर्ने सम्बन्धमा प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउने ।


    २. पाल्पा जिल्ला बगनासकालि गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउने ।


    ३. लुम्बिनी प्रदेशको कृषि विकास सम्बन्धी प्रादेशिक रणनीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिने ।


    ४. लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने ।


    ५. प्रादेशिक राजधानीको लागि पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा प्राप्तीका लागि सम्बन्धित निकाय एवम् सरोकारवालाहरुसँग समन्वय र सहजीकरण गर्न पर्यटन तथा शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने ।


    ६. उद्यम विकास कोष सञ्चालन नियमावली (प्रथम संशोधन), २०७८ स्वीकृत गर्ने ।


    ७. कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्त गर्ने ।


    ८. लुम्बिनी प्रदेशमा कोभीड-१९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने । स्वीकृत व्यवस्थापन कार्यविधि बमोजिम कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको संयोजकमा डा. राजेन्द्र खनाललाई र रिक्त मे.सु. मा डा. इन्द्र ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न तोक्ने । 

    ९. प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यालयहरुको आर्थिक वर्ष २०७८/७९ को अस्थायी दरबन्दी २०७८ असोज मसान्तसम्मका लागि स्वीकृत गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।