काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्ने कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताएका छन् । शनिवार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उनले उपभोक्ता अदालतले शुरुवातमा स्थापित गरेको न्यायिक कवचले उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरामा आत्मसाथ गर्नुपर्ने बताए ।
प्रधानन्यायाधीस राउतले उपभोक्तालाई अदालतले प्रदान गरेको सेवामार्फत न्यायिक निरुपणको नजिर स्थापित गर्नुपर्ने उल्लेख गरे । उनले उपभोक्ता अधिकारलाई वस्तु तथा सेवाको गुणस्तरीय मापनमा कानूनी औजारको रुपमा लिनुपर्ने बताए । कुनैपनि वस्तु तथा सेवा प्राप्त गर्नु मात्र नभइ उपभोक्ता अधिकार सन्तुष्टिसँग पनि जोडिएको उनको भनाइ छ ।
राउतले पीडित आम सर्वसाधारणले क्षतिपूर्ति दाबीको लागि आउनसक्ने गरी ऐनमा गरिएका विभिन्न व्यवस्था महत्वपूर्ण रहेको उल्लेख गर्दै क्षतिपूर्तिसहितको न्याय संवैधानिक प्रत्यभुति भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology