Logo

२०८३, श्रावण ३०गते


images
images

पिएम कप क्रिकेट : आइतवारको खेलमा एपीएफ, लुम्बिनी र कोशीको जित

पिएम कप क्रिकेट : आइतवारको खेलमा एपीएफ, लुम्बिनी र कोशीको जित

images
  • पिएम कप क्रिकेट : आइतवारको खेलमा एपीएफ, लुम्बिनी र कोशीको जित
    images
    images

    भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतवार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । 
    एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२ रन बनाए । कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा प्रकाश जैसीले १ विकेट लिए । 
    त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । उसका लागि सुनिल धमलाले ४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले ३० र प्रकाश जैसीले २० रन बनाए । एपीएफका अभिषेश गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दीपक बोहरा, रोहित पौडेल र भुवन कार्कीले समान १–१ विकेट लिए ।

    images
    images
    images

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ४८ रनको जित हात पा¥यो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३, कप्तान देव खनाल र मनिष थापाले समान १५–१५ रन बनाए । बाग्मतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए । 
    १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रन जोड्दा अलआउट भयो । उसका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक १५, आशुतोष घिरैया र सुमन सुनारले समान ११ रन जोडेर पेभेलियन फर्किए । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका अजय चौहान र विप्रशन केसीले समान ३–३ तथा रमेश कुर्मी र निर्मल गुरुङले २–२ विकेट लिए ।
    यस्तै, आइतवार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशसँग गण्डकी प्रदेशले लज्जास्पद हार व्यवहोरेको छ । प्रतियोगितामा कोशीले भने पहिलो जित हात पारेको छ । आफ्नो पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । 
    गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । कोशीका लागि सकिब हकले नटआउट रहँदै सर्वाधिक १६ र चिराग साहले १० रन बनाए । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए । 
    त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रन बनाउँदा अलआउट भयो । यो पीएम कपमा कम रन बन्ने पहिलो इनिङ बन्यो । कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक बन्यो । गण्डकीका ४ ब्याटरले रनको खाता नै खोल्न सकेनन् । कोशीका विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ तथा दीपेश कंडेलले १ विकेट लिए ।
    प्रतियोगितामा ४ खेल मध्ये ३ खेलमा जित निकालेको एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा छ । ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी चौथो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । यस्तै, एक–एक खेल जितेका कोशी र गण्डकीको २–२ अंक छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पिएम कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।