कृष्ण अन्जान, रुरु नेपाली कांग्रेसको आसन्न चौधौँ अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको तल्लो निकाय यतिबेला चलायमान छ । देशै भरि वडा तहका अधिवेशनहरू करिब सकिएका छन र अव पार्टी पालिका क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । गुल्मी जिल्लामा पनि वडा अधिवेशन सम्पन्न भइसकेका छन भने पालिका अधिवेशनका लागि असौज १९ लाई ताकिए पछि तयारी चलिरहेको छ ।
पालिका अधिवेशन पछि क्षेत्रिय अधिवेशनकाे तयारी हुनेछ । यश अघि नै क्षेत्रिय प्रतिनिधि र क्षेत्रिय सभापतिको प्रचारमा नेताले गाउँ गाउँ पुगेर कार्यकर्तालाई पहिलो चरणको भेटघाट सकाएका छन । पालिका अधिवेशन पछिकाे क्षेत्रिय अधिवेशनका लागि गुल्मी जिल्ला क्षेत्र न १ काे अधिवेशन नेपालकै धार्मिक र ऐतिहासिक स्थल रुरुक्षेत्र रिडीमा गर्ने निर्णय गरिएको छ ।
गौरव र धार्मिक तथा ऐतिहासिक स्थल रुरुधामकाे पर्यटन प्रवर्द्धन र प्रचार प्रसारलाई प्रमुखतामा राखेर हामीले नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन रिडीमा गर्ने निर्णय गर्यौँ र यसका लागि स्थानीय पार्टी कमिटीलाई चलायमान बनाउँदै तयारी पनि शुरु गरेका छौँ रुरुक्षेत्र १ का नेपाली कङ्ग्रेसका अध्यक्ष अमूल्य श्रेष्ठले बताए ।
हरेक सभा सम्मेलन तथा पार्टीका कार्यक्रम सदरमुकाम केन्द्रित भई रहँदा नेपाली कांग्रेसले क्षेत्रिय अधिवेशन भने सदरमुकाम बाहिर धार्मिक पर्यटन स्थल रिडीमा गर्ने निर्णयलाई रिडीवासिहरुले पनि सकारात्मक रुपमा लिएका छन ।
तीन जिल्लाको सँगमा पवित्र धार्मिक स्थल र कालिगण्डकी नदीको किनार मा रहेको रिडी बजारलाई सबै क्षेत्रबाट चिनाउनु हाम्रो लक्ष हाे त्यसैले पनि नेपाली कांग्रेसको क्षत्रिय अधिवेशन रिडीमा हुनु हामिले गौरवको रुपमा लिँदै मेलका रुपमा लिनु पर्ने अमूल्य श्रेष्ठको भनाई छ ।
सम्भवत दशैँ पछि आयाेजना हुने क्षेत्रिय अधिवेशनमा गुल्मी क्षेत्र न १ का पचास वटा वडा बाट छानिएका करिव एकहजार प्रतिनिधि सङ्ख्यामा नेता र कार्यकर्ताको उपस्थिति रहने छ ।
अधिवेशनले रुरु क्षेत्रकाे आन्तरिक पर्यटन प्रवर्द्धन सँगै स्थानीय होटल व्यवसायीहरुका लागि पनि व्यापारको अवसर प्राप्त त हुने नै छ र रुरुधामकाे व्यापक प्रचार प्रसार समेत हुनेछ । पछिल्लो चरणमा रिडीबजारमा सुविधा सम्पन्न हाेटलहरु सञ्चालन भए सँगै सभा सम्मेलनमा सहजता भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology