Logo

२०८३, कार्तिक २५गते


images
images

विगतका राजा महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको प्रचण्डको आरोप

विगतका राजा महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको प्रचण्डको आरोप

images
  • विगतका राजा महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको प्रचण्डको आरोप
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजा÷महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै उनले विगतका राजा÷महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? र दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताए । 

    images
    images
    images

    प्रचण्डले अरु सबैकुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता तथा भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए । उनले राजावादीहरुले गरेको प्रदर्शन संविधान विपरित भएको समेतउल्लेख गरे । ‘राजनीतिक सिस्टम, राजनीतिक मान्यता परिवर्तन गर्न सकिन्छ । परिस्थिति र जनताको चाहना अनुसार ।’ उनले भने, ‘तर एउटा चिज परिवर्तन गर्न सकिँदैन । त्यो हो, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र जनतामा गएको सार्वभौम सत्ता ।’ 

    images
    images
    images

    अध्यक्ष दाहालले काँग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताए । देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने उनले जिकिर गरे ।

    images
    images

    प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरुमा छलफल भएको भएपनि सरकार बनाउने भन्नेबारेमा कसैसँग कुनै छलफल भनभएको दाबी गरे । उनले आफूले राम्रो गर्न खोज्दाखौज्दै सरकार ढालेर अहिलेको सरकार बनेको समेत बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।