काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने बेला भएको बताएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले संविधान जारी भइसकेपछि संसदका प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताए ।
उनले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने उल्लेख गरे । ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भएपनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं त ?’ उनले भने, ‘संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ ।’
ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन् : सिटौला
फरक प्रसंगमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताए । उनले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने उल्लेख गरे ।
सिटौलाले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राख्दै संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताए ।
उनले राज्य सञ्चालन त्रुटी अथवा संविधानको त्रुटी पहिचान गरी जनताको आवश्यक सुधारको लागि सबै तयार हुनुपर्ने तर्क गरे
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology