Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

काँग्रेस सरकारमा छ, देशमा सुशासन छैन :  शेखर कोईराला

काँग्रेस सरकारमा छ, देशमा सुशासन छैन :  शेखर कोईराला

सरकारले योग्यताको आधारमा नभई मनपरी ढंगले कर्मचारी नियुक्ति गरिरहेको आरोप
images
  • काँग्रेस सरकारमा छ,  देशमा सुशासन छैन :  शेखर कोईराला
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोईरालाको १५औँ स्मृति दिवस तथा 'गिरिजाप्रसाद र लोकतन्त्र' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले काँग्रेसकै सरकारले सुशासन दिन नसकेको बताए।

    images
    images
    images

     'नेपाली काँग्रेस सरकारमा रहे पनि सुशासन कायम गर्न नसकेको स्पष्ट छ। सरकार योग्यताको आधारमा नभई मनपरी ढंगले कर्मचारी नियुक्ति गरिरहेको छ ।'  उनले भने, 'उहाँहरूलाई मन लाग्यो, एउटा सूची आउँछ, मन्त्रिपरिषद्मा पुग्छ, मन लागे तेस्रो नम्बरको नाम लिन्छन्, चित्त बुझेको छैन भने पहिलो नम्बरलाई हटाइदिन्छन्। यस्तो ढंगले सरकार चलिरहेको छ। सुशासन पटक्कै छैन।'

    images
    images
    images

    उनले काँग्रेस सत्तामा रहे पनि सरकारको निर्णय प्रक्रियामा प्रभावकारी भूमिका खेल्न नसकेको बताए। "नेपाली काँग्रेस सत्ता पक्षमा छ, तर हामी सरकारमा छैनौँ," उनले भने।

    images
    images

    सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको रहेको उल्लेख गर्दै कोईरालाले नेपाल अहिले संकटमा परेको बताए। साथै, उनले काँग्रेस अबका दिनमा कुनै पनि पार्टीको पछि नलाग्ने प्रतिबद्धता व्यक्त गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेखर कोईराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।