देवदह । देवदह नगरपालिकाका कार्यवहाक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ्गले छोरीहरुलाई दाईजो नभई शिक्षा प्रदान गर्नुपर्ने बताएकी छन् । उनले घरेलु हिंसाका कारण अहिले पनि महिलाहरु दवावमा पर्नेगरेको भन्दै हिंसा अन्त्यका लागि घरबाटै शुरुवात हुनुपर्नेमा जोड दिइन् ।
रुपन्देहीको देवदहमा आयोजित एक दिने घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा सचेतनामुलक कार्यक्रममा बोल्दै गुरुङ्गले जात, धर्म, लिङ्गको आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताईन् । उनले खुसी र समृद्ध नगर बनाउनको लागि टोल विकास संस्थाहरुको योगदान महत्वपूर्ण हुने बताउँदै सकरात्मक सोंचले मात्र हरेक काम गर्न सकिने बताइन् ।
टोल विकास संस्थाका प्रतिनिधिहरुका लागि गरिएको एक दिने सचेतना कार्यक्रममा सञ्चारकर्मी तथा शिक्षक इन्दिरा अर्यालले घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा सचेतनामुलक अभियानको बारेमा सहजिकरण गरेकी थिइन् । त्यसैगरी सामाजिक विभेद (छुवाछुत सामाजिक, कुरिती, अन्धविश्वास र लैङ्गिक विभेद न्यूनिकरणको विषयमा देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक एक्कबहादुर नेपालीले सहजीकरण गरेको नगरपालिकाले जनाएको छ ।

कार्यपालिका सदस्य लक्ष्मी विकको स्वागत र महिला तथा वालवालिका शाखा प्रमुख ईन्दिरा भूषालको संचालनमा भएको कार्यक्रममा वडा नं ३ का अध्यक्ष यज्ञप्रसाद अर्यालले घरेलु हिंसालाई शुन्यमा झार्नको लागि नगरपालिकाले विशेष कार्यक्रम गर्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology