Logo

२०८३, आश्विन १२गते


images
images

भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल

भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल

images
  • भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल
    images
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताए । 

    images
    images
    images

    पोखरेलले विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपु¥याउँदा सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता कायम राख्न कठिन हुने उल्लेख गरे । उनले राजावादीको आन्दोलनतर्फ इङ्गित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरुलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको बताउँदै राष्ट्रिय निर्णायक शक्ति बन्ने दावी गरे । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।