Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा

नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा

images
  • नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् । भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किएकी उनले  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताइन् । 

    images
    images
    images

    नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उहाँको भनाइ छ । उनले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरिन् । 

    images
    images
    images

    परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताईन् । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।

    images
    images
    images

    पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको प्रतिकृया दिइन् ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।