काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइने बताएका छन् । उनले राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पु¥याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताए ।
आईतवार नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिएको सरकारको ९औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताए ।
उनले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरुमा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताउँदै राज्यका सेवा प्राप्त गर्न निकाय पिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरुबीच अन्तरआवद्धता गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमीकहरुको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहल कदमी भएको बताउँदै उनले शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल भएको बताए ।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८०÷०८१ सम्ममा ६८ वर्ष भन्दा माथिका १६ लाख ८९ हजार एक सय ९६ जना ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता र ८ लाख ३६ जना बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेको समेत जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology