Logo

२०८३, श्रावण ३०गते


images
images

पिएम कप

पिएम कप क्रिकेट : बुधवारको खेलमा एपीएफ विजयी

पिएम कप क्रिकेट : बुधवारको खेलमा एपीएफ विजयी

images
  • पिएम कप क्रिकेट : बुधवारको खेलमा एपीएफ विजयी
    images
    images

    भैरहवा । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधवार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो । 

    images
    images
    images

    एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन जोडेपछि एपीएफले कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले दबाबपूर्ण अवस्थामा ५४ बल खेलेर ६ चौका र ६ छक्का प्रहार गरे । लोकेशलाई साथ दिएका इर्शाद अहमदले नटआउट १६ रन जोडे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ६१ र र दीपक बोहराले ३६ रन बनाए । बलिङमा कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले समान ३–३ तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइटेलले १–१ विकेट लिए । 

    images
    images
    images

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले शकिब हकको ६८, आइस भट्टराईको ३४, सुजन थपलियाको ३३  र कप्तान अंकित सुवेदीको ३५ रनको मद्दतमा २५४ रन जोडेको थियो । बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३–३ तथा रोहितकुमार पौडेलले २ विकेट लिए । लोकेश प्लेयर अफ द म्याच भए । 

    images
    images
    images

    अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेको छ । एक खेल बाँकी रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ । अन्तिम खेलअघि १६ अंक जोडेको शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ । 

    अब पुलिस र आर्मीबीच बिहीबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । आर्मी फराकिलो अन्तरले पराजित भएमा एपीएफको फाइनल सम्भावना हुनेछ । यद्यपी आर्मी झिनो अन्तरले हारे पनि फाइनलमा पुग्ने सम्भावना छ । कोशी भने प्रधानमन्त्री कपमा ( खेल खेल्दा केवल १ खेलमा मात्र जित निकाल्न सफल भयो भने अंक तालिकाको पुछारमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पिएम कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।