Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध शिक्षा

घर घरमा बुद्ध शिक्षा पुर्याउन बौद्ध विश्वविद्यालयको अभियान

घर घरमा बुद्ध शिक्षा पुर्याउन बौद्ध विश्वविद्यालयको अभियान

images
  • घर घरमा बुद्ध शिक्षा पुर्याउन बौद्ध विश्वविद्यालयको अभियान
    images
    images

    लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले घर—घरमा बुद्ध शिक्षा पु¥याउन अभियानको थालनी गरेको छ ।  समाजको सकारात्मक रुपान्तरणका लागि विश्वविद्यालयको बौद्ध अध्ययन संकायले “विद्यालयमा बौद्ध शिक्षा” अभियान थालनी गरेको हो । अभियानअन्तर्गत संकायले शुक्रवार लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक अन्तरक्रिया गरेको छ । 

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले समाजमा विकृती विसंगतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए । ‘हामीले विश्वविद्यालयमा मात्रै अध्ययन अध्यापन गर्ने गराउने होइन, हरेक घर घरमा बुद्ध शिक्षा पु¥याउन खोजिरहेका छौँ, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ ।’ उनले भने, ‘बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएकाले यसलाई सबै नागरिकले अनुसरण गर्ने गरी कार्यक्रम बनाउन स्थानीय पालिकाका जनप्रतिनिधिसँग अग्रसरता लिनुपर्यो ।’ 

    images
    images
    images

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुद्ध शिक्षाको अध्ययन अध्यापन र अनुसरण गर्ने गरी उपमहानगरले कार्यक्रम बनाउने बताइन् । लुम्बिनीको उदारहरण दिँदै उनले भनिन् “हामीसँग हिरा छ तर हामी के खोजिरहेको छौं, हामीलाई थाहा छैन ।”, बौद्ध विश्वविद्यालय यस क्षेत्रको गहना भएको उल्लेख गर्दै उपप्रमुख अर्यालले यसलाई संरक्षण सबैको दायित्व भएकोमा जोड दिइन् ।

    images
    images
    images

    कायक्रममा बौद्ध शिक्षाको महत्व र पाठ्यक्रमबारे प्रस्तुती दिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले आधारभूत तहका विद्यार्थीलाई मध्येनजर गरी कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम बनाइएको जानकारी गराए । उनले लुम्बिनी क्षेत्रका सबै स्थानीय तहले अपनत्व लिएर यो अभियानलाई अघि बढाउनुपर्ने बताए ।

    lbu-2 (1)-min.jpg

    लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले बुद्ध शिक्षाका माध्यमबाट लुम्बिनीको महत्व समेत उजागर हुने भएकाले यसतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाए । 

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, सद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवाली, सम्मरीमाई गाउँपालिकाका रामदास गौड, लुम्बिनी साँस्कृतिक नगरपालिकाका लक्ष्मी पोखरेल र तिलोत्तमा नगरपालिकाका भूपति ज्ञवाली लगायले बोल्दै पालिकाले छुट्टै निति बनाएर बुद्ध शिक्षालाई समेट्नुपर्ने बताए । 

    अभियान अन्तर्गत विभिन्न जिल्लामा चरणबद्ध रुपमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने बौद्ध अध्ययन संकायले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।