काठमाडौं । राष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताएका छन् । आईतवारसंसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफैँ उद्धत भएको आरोप लगाए ।
लिङदेनले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर गरे । उनले लामो समयसम्म आगोलागी हुँदा पनि मान्छेको उद्धार गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताए । लिङदेनले घटनाबारे छानबिन गर्न निष्पक्षरुपमा न्यायिक आयोग गठन गर्न माग गरेका छन् । सरकारले नियन्त्रणमा लिएका आफ्ना नेताहरु कुनैपनि हिंसात्मक गतिविधिमा सम्लग्न नभएकाले २४ घण्टाभित्र बिनाशर्त रिहा गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष लिङदेनले संसद बैठकमा एक सांसदले राजावादीलाई जेल हाल्नुपर्छ भनेपछि आफूले सबैभन्दा ठूलो राजावादी म छु सक्छौ भने जेल हाल भनेको बताए । काठमाडौं महानगरकाका प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिबाना पत्र लेख्नु गम्भीर त्रुटी भएको राप्रपा अध्यक्ष लिङदेनको को भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology