काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन' ले आफूले एउटा चाल्नो बनेर पुराना पुस्ताका नराम्रा कुरा सबै छानेर राम्रा जति अब आउने पुस्तालाई सुम्पिन चाहेको बताएका छन् । सामाजिक संजालमा आफ्ना राजनीति गुरूहरूसंग भेटघाटको फोटो पोस्ट्याउँदै बालेनले
धेरै कुरा सिक्न र केहि कुरा बदल्न चाहेको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, "सानैमा पढियो, गुरुको अर्थ अँध्यारोबाट उज्यालोतर्फबाट लैजाने हो । व्यक्तिगत जीवनमा त्यसको अनुभव गरियो पनि । अहिले एउटा विशाल अभियानमा रहदै गर्दा गुरुको अर्थ र भुमिकाको झन् धेरै अनुभव गर्न पाएको छु । यति आत्मिय र प्रष्ट मार्गदर्शनका लागि मेरा गुरु नरसिंह व्यञ्जनकारप्रति आभारी छु ।"
नयाँ हुने बित्तिकै सबै पुरानो नराम्रो हुने भन्ने पनि नभएको उल्लेख गर्दै लेखेका छन्, 'यो सबै अनुभव गरिरहदा म भन्न सक्छु, नयाँ हुने बित्तिकै सबै राम्रो वा पुरानो हुने बित्तिकै सबै नराम्रो भन्ने हुदैन । नयाँ र पुरानोहरुले हातेमालो र सहकार्य नगरेसम्म हाम्रो मौलिकताले समय सुहाँउदो नयाँसंस्करण भेट्टाउँदैन । यसैले पुरानाले हिडेको बाटोका राम्रा र नराम्रा पक्षहरु सुन्नु छ । आफु हिड्दै गरेको बाटोको बारेमा सोध्नु छ । धेरै कुरा सिक्नु छ । र, केहि कुरा बदल्नु छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology