Logo

२०८३, श्रावण ३०गते


images
images

'विश्व चन्द्रमामा बस्ति बसाउने योजमा छ, हामी अझै पहिचानको लागि लड्नुपर्ने अवस्थामा छौँ' 

'विश्व चन्द्रमामा बस्ति बसाउने योजमा छ, हामी अझै पहिचानको लागि लड्नुपर्ने अवस्थामा छौँ' 

images
  • 'विश्व चन्द्रमामा बस्ति बसाउने योजमा छ, हामी अझै पहिचानको लागि लड्नुपर्ने अवस्थामा छौँ' 
    फाईल फोटो
    images
    images

    बर्दिया । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका विकसित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा नेपालका ग्रामीण बस्तीहरुमा पहिचानका लागि लडाई लड्नु पर्ने अवस्था रहनु दुखद भएको बताएका छन् । 

    images
    images
    images

    बर्दियाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई आइतवार सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले सोनाहा जातीको पहिचानका सन्दर्भमा सर्वोच्च अदालतले २०७२ मंसिर १६ गते  छुट्टै जाती भनेर परमादेश दिइसकेको अवस्थामा सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए । 
    सोनाहाको सूचिकरण हुन्छ, हुन्छ, हुन्छ उनले जोड दिदै भने, संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोनाहा जातीको सूचिकरण हुने कुरामा विश्वस्त हुन सम्पूर्ण सोनाहालाई उनले आग्रह गरे ।

    images
    images
    images


    सोनाह जातिले सुचिकरणका लागि दिएको ज्ञापन पत्र बुझ्दै उनले आफै पुगेर प्रधानमन्त्रीलाई अनुरोध गर्ने बताए । पञ्चायतीतन्त्रको मानसिकता अझै अवशेषकारुपमा रहेकाले कर्मचारीहरुले तोडमोड गर्न सक्नेमा शंका रहेको भन्दै प्रदेश प्रमुख शेरचनले पहिचानको लडाइ लडेर अदालतवाट परमादेश पाइसकेको अवस्थामा अव कसैले सूचीकरण रोक्न नसक्ने ठोकुवा गरे ।

    images
    images
    images

     

    ठूलावडाले घरमा पालेको कुकुरले सधै मासुखान पाउने भन्दै प्रमुख शेरचनले सानाहरुले मिठो मसिनो खान चाड पर्व कुर्नुपर्छ । वर्गिय लडाइँको अन्त्य नहुन्जेल यस्तो समस्या देखा परिरहने उनको भनाई थियो । उनले आफ्ना, भाषा, सस्कृति, परम्परा जोगाएर पहिचान बचाइ राख्न पनि सोनाहा समुदायलाई आग्रह गरे । 

     

    संविधान सभाका सदस्य हरी श्रीपाइलीले अहिलेसम्मको विभेदको क्षतिपूर्ति स्वरुप राज्यका सबै तहमा सोनाहा समुदायको प्रतिनिधित्व आवश्यक रहेको बताए । 

    लुम्विनी प्रदेशका प्रदेश सभा सदस्यद्धय तिलक शर्मा हिमाल र दिपेश थारुले विगतका शासकले सोनाहालाई थारु समुदाय नै हो भन्नाले सोनाहाको पहिचानमा समस्या भएकोले अव सोनाहाको पहिचानका लागि आफूहरु लड्ने बताए ।


    सो अवसरमा वोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सोनाहाका विषयमा सकरात्मक भएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रममा सोनाहाका सवाल समेटिने बताए । 


    कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सोनाह जातीको पहिचान उत्थान र विकासका लागि राज्यले ध्यान दिनुपर्ने भन्दै परम्परागत पेशालाई जोगाउन आफू लागि पर्ने बताए ।


    जनगणना ०६८ अनुसार कैलाली, कञ्चनपुर र वर्दियामा गरेर सो समुदायको १२०५ जना मात्र रहेका छन् ।


    नदीमा बालुवा छानेर सुन खोज्ने, माछा मार्ने, डुंगा चलाउने सो समुदायले सूचीकरण नहुँदा कठिनाइ भएको बताउदै आएको छ । 


    नेपालको संविधान २०७२ को धारा १७ को मौलिक अधिकारमा परम्परागत पेशा अगाल्न पाउने सुनिश्चितता गरिएको छ ।


    सोही कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चिन्तामणी आचार्य, घोडाघोडी नगरपालिका कैलालीका सदस्य राधा सोनाहा, भजनी नगरपालिकाका कार्यपालिका सदस्य कमला ज्ञवाली लगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिएका थिए ।


    सोनाहा समाजका अध्यक्ष बलवहादुर सोनाहको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बर्दिया, कैलाली  र कञ्चनपुरका सोनाहाहरु सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।