Logo

२०८३, आश्विन १०गते


images
images

मन्त्रीपरिषद बैठक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त

images
  • नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त
    images
    images

    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।

    images
    images
    images

    उनका अनुसार, सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा कृषिअर्थ विज्ञ डा. राजेन्द्र मिश्रलाई नियुक्त गरेको छ। साथै, म्यानमारमा गएको भूकम्पबाट भएको जनधन क्षतिको सन्दर्भमा त्यहाँका पीडितलाई औषधिसहितका राहत सामग्री उपलब्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली पनि पठाउने निर्णय सरकारले गरेको छ।

    images
    images
    images

    सोमबारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्म प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराइने राजस्व बाँडफाँटको अनुमानित रकम तथा वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय भएको छ।

    images
    images
    images

    धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारले ५७ करोड ३० लाख जापानी येन थप अनुदान सहायता प्रदान गर्ने भएको छ।  

    स्वीट्जरल्याण्डको बसेलमा आयोजना हुने ‘डिलिङ विथ दि पास्ट एड्भान्स्ड कोर्स’ कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्र्वर डुङ्गाना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई सहभागिता जनाउने स्वीकृति दिइएको छ। २०८१ चैत २६ र २७ गते नेपालमा आयोजना हुने बिम्स्टेक मन्त्रीस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि विकास सचिव डा. गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकास सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिइएको छ।

     
    नेपाल सरकारको नाममा दर्ता रहेको लमजुङको सुन्दरबजार नगरपालिकास्थित १५ रोपनी सार्वजनिक जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरिएको छ।

    २०८२ साल वैशाख २ देखि ४ गतेसम्म अमेरिका न्यूयोर्कमा आयोजना हुने ‘द २०२५ एडिशन अफ इकोसोक युथ फोरम’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ। नेपाली सेनाको सैनिक साधारण सेवाका एक सहायक रथीको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

    माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको २.७६७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ। २०८१ चैत २४ मा दक्षिण कोरियाको सिओलमा गैरआवासीय नेपाली संघले आयोजना गर्ने एकता महाधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलाई सहभागी हुन स्वीकृति दिइएको छ।

    संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा २०८२ वैशाख ८ गतेदेखि आयोजना हुने आदिवासी मुद्दासम्बन्धी स्थायी मञ्चको चौबीसौं सत्रमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरिएको छ। २०८१ चैत २५ देखि २९ गतेसम्म अमेरिका न्यूयोर्कमा सञ्चालन हुने जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सहभागिता स्वीकृति दिइएको छ।

    नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन २०८१ चैत १९ गते राति १२:०० बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।