Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

images
  • रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या
    images
    images

    रुपन्देही,  खुकुरी प्रहारबाट रुपन्देहीमा  एक जनाको हत्या भएको छ । रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको गएराति  हत्या भएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    बेतानीमा प्लाई उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

     

    मादक पदार्थ सेवन गरेका मजदुरहरु बिच विवाद भएका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । रविले अवदेशलाई खुकुरी प्रहार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका बाबु र खुकुरी प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।