Logo

२०८३, कार्तिक २५गते


images
images

कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः प्रचण्ड

कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः प्रचण्ड

images
  • कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः प्रचण्ड
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले क्रान्तिकारी कम्युनिस्टहरूको एकता प्रयासबाट नथाकेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस र १५६ औं लेनिन जयन्तीको अवसरमा उनले क्रान्तिकारी कम्युनिस्टहरूको एकता गर्नका लागि जारी रहेको प्रयासमा कुनै पनि किसिमको नथाकिने वा आत्तिने अवस्था नभएको स्पष्ट पारे । 

    images
    images
    images

    उनले भने, "हामीले नेपालका सबै क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध बनाउन छलफल र बहसको लागि बोलाएका छौँ। एकीकृत र केन्द्रित भएर समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउनका लागि हामी सधैं प्रयासरत छौँ।"

    images
    images
    images

    उनले अझै पनि एकता प्रयासमा सफलता प्राप्त नगरेको र अवसरवादका कारण पार्टी एकता गर्न नसकेको जिकिर गरे । "क्रान्तिकारी कम्युनिस्टको एकता हुनुपर्छ, सही विचारको आधारमा एकताबद्ध भएर मात्र समाजवादी यात्रा अघि बढ्न सक्छ," उनले भने।

    images
    images

    अध्यक्ष प्रचण्डले सरकारको आलोचना गर्दै भने, "यो सरकार अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक हो। यसले भ्रष्टाचारीलाई संरक्षण दिनुका साथै, राम्रो काम गर्नेलाई अवमूल्यन गरेको छ।" उनले थपे, "आजको दिनमा सरकारले आफ्नो औचित्य र हैसियत गुमाइसकेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।