Logo

२०८३, आश्विन ९गते


images
images

मान्छे मात्रै बदलिएर हुँदैन, कार्यशैली बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

मान्छे मात्रै बदलिएर हुँदैन, कार्यशैली बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

images
  • मान्छे मात्रै बदलिएर हुँदैन, कार्यशैली बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हालको परिस्थितिमा कार्यशैलीमा व्यापक परिवर्तनको आवश्यकता रहेको बताएका छन । शनिवार ललितपुरमा आयोजित नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले परिस्थिति बदलिएपछि ऐन, कानून, कार्यशैली, र प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको बताए । 

    images
    images
    images

    "केवल मानिस मात्रै परिवर्तन गरेमा यथेष्ट सुधार सम्भव छैन ।" उनले भने, "राजा महेन्द्रको पालामा बनेका ऐन र कानूनी संरचनाका कारण देशको विकासमा अवरोध आएको छ । ती कानूनी संरचनामा रहेका खोटलाई सुधार्न आवश्यक छ ।"  

    images
    images
    images

    उनले विज्ञान र प्रविधिको विकाससँगै कानून पनि तदनुकल परिवर्तन हुनु आवश्यक रहेको बताए । ३४ वर्ष बित्दा पनि नयाँ कानूनी संरचना नबनेको हुनाले विकास रोकिएको उनको भनाई छ । 

    images
    images
    images

    उनले आफू गृह मन्त्रालयको नेतृत्व गर्न चाहेको तर प्रधानमन्त्रीको आग्रहमा सञ्चार मन्त्रालयमा गएको बताए । सञ्चार मन्त्रालयमा गएपछि महेन्द्रको पालामा बनेका कानूनी संरचनाका बारेमा चिन्ता व्यक्त गर्दै उनले भने, “यो मन्त्रालय आज पनि महेन्द्रको पालामा बनाएका कानूनी संरचनामा चलिरहेको छ। रेडियो नेपालको २०१३ सालको, नेपाल टेलिभिजनको ०२६ सालको, राससको २०१४÷२०१५ सालको कानूनी संरचनामा चलिरहेका छन् ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।