बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार विजयादशमी तथा दिपावली २०७८ को शुभकामना सन्देश जारी मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सकिने बताउँदै मुख्य मन्त्री केसीले संविधानले पनि विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको बताएका छन् ।
प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गर्दै उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने बताएका छन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology