Logo

२०८३, श्रावण ३१गते


images
images

पत्रकार महासंघ रुपन्देहीले सुरु गर्यो ‘नलेज सिरिज’

पत्रकार महासंघ रुपन्देहीले सुरु गर्यो ‘नलेज सिरिज’

images
  • पत्रकार महासंघ रुपन्देहीले सुरु गर्यो ‘नलेज सिरिज’
    images
    images

    बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले 'नलेज सिरिज' सुरु गरेको छ । अग्रजहरूको अनुभवबाट सिक्दै नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले ‘नयाँ सोच, नौलो सुरुवात’ भन्ने नारासहित सिरिज सुरु गरिएको अध्यक्ष दिनेश पाण्डेले बताए ।

    images
    images
    images

    सिरिजको पहिलो शृङ्खलामा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाईंसंग हिजो र आजका पत्रकारिताका विषयमा संवाद गरिएको छ । 

    images
    images
    images

    उनले पञ्चायती शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका परिवर्तित राजनीतिक व्यवस्थाहरूमा पत्रकारिताले खेलेको भूमिकाबारे बोल्दै, व्यवस्थाहरू बद्लिँदै जाँदा पनि पत्रकारिताको जोखिम उस्तै रहेको बताए।

    images
    images
    images

    “व्यवस्था परिवर्तनका आन्दोलनमा पत्रकारिता अगुवाको भूमिकामा रह्यो, तर पत्रकारहरूको चुनौती भने निरन्तर छ,” चापागाईंले भने, “पत्रकारिता भनेको समाजलाई मार्गनिर्देशन गर्ने कर्म हो, यो पेशा भन्दा माथि एक जिम्मेवार सामाजिक उत्तरदायित्व हो।”

    कार्यक्रमको सहजीकरण पत्रकार ललित पाण्डेले गरेका थिए। 

    महासंघका सचिव सिपी खनालले ‘नलेज सिरिज’ अन्तर्गत हरेक महिनामा एक जना अग्रज पत्रकार वा विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरी अनुभव साटासाट गरिने जानकारी दिए। उनले यस अभियानमा महासंघका पूर्वअध्यक्षहरू, रुपन्देहीको विकासमा योगदान पुर्‍याएका अग्रजहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई समेटिने बताए।

    यसैबीच, पत्रकार महासंघ रुपन्देहीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावबारे विशेष विचारविमर्श कार्यक्रम पनि गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले लोकतन्त्रको जग बिछ्याउने पत्रकारहरू नै आज लेख्न, बोल्न र काम गर्न सुरक्षित नहुने अवस्था आउनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।

    वक्ताहरूले आन्दोलनको समयमा राज्य सञ्चालक तथा आन्दोलनकारी दुबै पक्षबाट पत्रकारहरू निशानामा पर्ने गरेको तथ्य पनि उजागर गरे। साथै, प्रविधिको विकासले मिडियामा नयाँ चुनौतीहरू सिर्जना गरिरहेकाले पत्रकारहरूले एआई जस्ता प्रविधिमा दक्षता हासिल गर्दै त्यसको सकारात्मक उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए।

    महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पछिल्लो एक वर्षमा देशभर पत्रकार तथा सञ्चारमाध्यममाथि ७३ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको उल्लेख गरे। तीमध्ये लुम्बिनी प्रदेशमै दुईवटा घटना भएको उनले बताए।

    नेपाल पत्रकार महासंघ रुपन्देही.jpg

    कार्यक्रममा महासंघ रुपन्देहीका सल्लाहकार यानेन्द्र जिसी, हरिष ढकाल र विनोद परियारले प्रविधिको उपयोगमा पछि परेमा कुनै पनि पेसा र व्यक्ति विस्थापित हुनसक्ने अवस्था आउने भएकाले पत्रकारहरूले समयमै अनुकूलन गर्नुपर्ने धारणा राखे।

    कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता, उपाध्यक्ष अस्मिना पाण्डेको स्वागत, सचिव सिपी खनाल र सहसचिव झविन्द्र देवकोटाको सञ्चालन तथा विश्वास ढकालको धन्यवाद मन्तव्य रहेको थियो। कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, प्रेस सेन्टरका अध्यक्ष विष्णु पोखरेल, प्रगतिशील पत्रकार संघका अध्यक्ष विरेन्द्र कुँवर, प्रेस युनियनका उपाध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल, ईन्सेक रुपन्देहीकी प्रतिनिधि रिमा विसी र मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवालीलगायतले मन्तव्य दिएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।