Logo

२०८३, कार्तिक २५गते


images
images

संसदमा प्रमुख प्रतिपक्षी

सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छ : अध्यक्ष प्रचण्ड

सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छ : अध्यक्ष प्रचण्ड

images
  • सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छ : अध्यक्ष प्रचण्ड
    फाईल फोटो : पुष्पकमल दाहाल 'प्रचण्ड'
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । 
    आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ । उनले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताए । प्रचण्डले देशमा भ्रष्टाचार बढेको र राष्ट्र ग्रे लिष्टमा परेको भएपनि सरकारले उक्त कुरामा ध्यान नदिएको आरोप लगाए । 

    images
    images
    images

    प्रचण्डले भने, ‘स्वार्थ समूहहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सिमित भएको देखिएको छ । यतिबेलाको मुल समस्या भनेको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन हो । नीति तथा कार्यक्रममा यी विषयहरुलाई कुनै खास महत्व दिएको देखिएको छैन । जबकी भ्रष्टाचार बढेको र कालो धन शुद्धीकरण बढेको फाइनान्सियल एक्शन टाक्स फोर्सले नेपाललाई ग्रलिष्टमा राखेको अवस्था हाम्रो सामु छ ।’

    images
    images
    images

    सरकारसँग संख्याको दम्भ रहेको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको अध्यक्ष प्रचण्डले आरोप लगाएका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।