Logo

२०८३, कार्तिक २५गते


images
images

‘जादु चलाउन चाहे चल्छ, तर चलाउने पक्षमा छैनौं’

‘जादु चलाउन चाहे चल्छ, तर चलाउने पक्षमा छैनौं’

images
  • ‘जादु चलाउन चाहे चल्छ, तर चलाउने पक्षमा छैनौं’
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल सरकार निर्माणमा आफूहरू संलग्न नभएको बताएका छन् । आफुहरु जनतामै जान चाहेको उल्लेख गर्दै उनले सोमवार भनेका छन्, 'जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौं।'

    images
    images
    images

    संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको आरोप लगाए। उनका अनुसार सरकारले न जनताको भावना बुझेको छ, न राष्ट्रको आवश्यकता पहिचान गरेर सृजनात्मक र परिणाममुखी कार्यक्रम ल्याउन सकेको छ।

    images
    images
    images

    प्रचण्डले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गरेर उठाइएका प्राथमिकतालाई नीति तथा कार्यक्रममा प्रस्तुत धारणा बनाएको दाबी गरे। उनले भने, “हामीले पूर्वदेखि पश्चिमसम्म जनतासँग जे संवाद गरियो र जनभावना जे बुझे, मैले त्यसैको आधारमा संसदमा आफ्नो विचार राखेको हुँ।”

    images
    images

    उनको भनाइमा, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सिर्जनात्मक र जनपक्षीय नभएर गत वर्षका कार्यक्रमहरूसमेत कपिपेस्ट गरिएको महसुस हुन्छ। “गत वर्षको नीति तथा कार्यक्रम कपिपेस्ट गर्नु भनेको झारा टार्नु हो,” भन्दै उनले औपचारिकता पूर्तिका लागि मात्र ल्याइएको दस्तावेजको आलोचना गरे।

    फरक प्रसंगमा उनले अहिले आफ्नो ध्यान सत्ताको समीकरणभन्दा बाहिर रहेको भन्दै छिट्टै मध्यपहाडी लोकमार्ग अभियानमार्फत जनतामाझ पुग्ने जानकारी दिए। उनले भने, 'हाम्रो ध्यान सरकार बनाउनेतिर होइन, जनतामै हो।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।