Logo

२०८३, श्रावण ३०गते


images
images

तीन करोड लगानीमा बुटवलमा खुल्यो ‘नेपाली जुत्ता घर’

तीन करोड लगानीमा बुटवलमा खुल्यो ‘नेपाली जुत्ता घर’

images
  • तीन करोड लगानीमा बुटवलमा खुल्यो ‘नेपाली जुत्ता घर’
    images
    images

    बुटवल । बुटवलका स्थानीय युवा व्यवसायीहरुको संयुक्त लगानीमा ‘नेपाली जुत्ता घर’ नामक खुद्रा बिक्री केन्द्र सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–१२, कालिकानगरमा स्थापना गरिएको नेपाली जुत्ता घरको मंगलबार एक कार्यक्रम बीच नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । 

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलभित्रका व्यवसायलाई दीगो र व्यवस्थित बनाउन नगरपालिकाले अग्रसरता लिएको बताए । उनले सटर तथा घरधनीहरुसँग सहकार्य गरी व्यवसायीहरुलाई मर्का नपर्ने र व्यापार दीगो हुने वातावरण तयार पार्नुपर्नेमा जोड दिए । नगर प्रमुख पाण्डेले स्वदेशमै रहेर व्यवसायमा होमिएका युवाहरुको प्रयास सराहनीय रहेको भन्दै धैर्य र लगनशीलता कायम राख्न आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा फूटवयर एसोसिएसन नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली जुत्ता उद्योग र बजारलाई संरक्षण गर्न भन्सार छली रोक्नुपर्ने आवश्यकता औँल्याए । नेपालमा वार्षिक करिब १५ करोड जोर जुत्ता र चप्पलको खपत हुने बजार रहेकामा त्यसको आधा हिस्सा मात्र नेपाली उत्पादनले ओगटेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले झन्डै २ करोड जुत्ता-चप्पल अवैध रूपमा भित्रिने गरेकाले स्वदेशी उद्योगलाई असर पारिरहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा तरुण दल नेपाल रुपन्देहीका उपसभापति प्रसन्न कोइराला लगायतले बोलेका थिए । 

    नेपाली जुत्ता घरमा स्थानीय युवा व्यवसायी अभिषेक भूषाल, दामोदर न्यौपाने र अर्जुन खनालको संयुक्त लगानी रहेको छ । 

    सञ्चालक अभिषेक भूषालका अनुसार करिब ३ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस बिक्री केन्द्रबाट शिखर, रन लगायत सात वटा नेपाली जुत्ता ब्राण्डको विक्री सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली जुत्ता घर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।