काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology