Logo

२०८३, कार्तिक २८गते


images
images

कुकुर आतंक

देवदहमा कुकुर आतंक : एकैदिन १२ जनालाई टोक्यो

देवदहमा कुकुर आतंक : एकैदिन १२ जनालाई टोक्यो

images
  • देवदहमा कुकुर आतंक : एकैदिन १२ जनालाई टोक्यो
    images

    देवदह । रुपन्देहीको देवदहका विभिन्न वडामा कुकुरले टोकेपछि सर्वसाधारण त्रसीत बनेका छन् । देवदहको वडा नं ५, ६ र ९ का १२ जना भन्दा बढिलाई कुकुरले टोकेपछि स्थानीय त्रसीत बनेका हुन् । अनौठो लक्षण देखाउने कुकुरले वडा नं ५ खैरेनी, वडा नं ४ सिँगाहा र वडा नं ८ विशालनगरमा ६ जना तथा वडा नं ९ भलुहीमा ६ जनालाई टोकेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।

    images
    images
    images

    कुकुरले टोकेपछि भलुहीका दुईजना विरामी उपचारका लागि काठमाण्डौ पुगेका छन् । काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु मा पुगेर रेविजको भ्याक्सीन लगाएको एक विरामीका आफन्तले जानकारी दिए । बिहान मर्निङ्गवाकमा निस्किएका बेला कुकुरले टोकेपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पर्क गरेको र त्यहाँ रेविजको भ्याक्सीन नभएको जानकारी पाएपछि विरामी काठमाडौ पठाईएको वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसीले सेतोमसीलाई बताए । कुकुरले ठाउँठाउँमा धरैजनालाई टोकेको आशंका गरिएको अध्यक्ष जिसीले जानकारी दिए । खैरो हल्का रातो रङ्कको कुकुरले झुक्याएर टोक्ने र टोकेपछि झ्याप्प नछाड्ने गरेको वडा अध्यक्ष जिसीले बताए ।

    images
    images
    images

    केहि समय अघि कुकुरले बाख्रालाई टोकेका खवर आफुहरुले थाहा पाएपनि पहिल्लो पटक विभिन्न वडामा मानिसलाई नै टोकेको खवर आएपछि कुकुरको खोजि गरिरहेको नगर पशु सेवा शाखाका प्रमुख हर्क दानीले जानकारी दिए । ‘कुकुरले मानिसलाई टोकेको कुरा हामीलाई विभिन्न वडाबाट वडा अध्यक्ष हरुले जानकारी गराउनुभएको छ । दानीले भने, ‘आईतवार विहान पनि खैरेनी क्षेत्रमा केहि मानिसलाई कुकुरले टोकेको थाहा पायौं । खोज्दै जाँदा बैकुण्ठनगरमा एउटा संकास्पद कुकुर फेला परेको छ । त्यसलाई निग्रानीमा राखेका छौं ।’ 

    images
    images

    शाखा प्रमुख दानीले संक्रमित कुकुर त्यहि हो या अन्य कुनै कुकुर हो भन्ने विषयमा पनि अध्ययन गरिरहेको जानकारी दिए । ‘पछिल्ला दिनहरुमा कुकुरले मानिस तथा पशुहरुलाई आक्रमण गरिरहेको पाईएको छ ।’ उनले भने, ‘कुकुरले आहाराको कमिका कारण पनि कतिपय अवस्थामा अन्य जनावर र मानिसलाई आक्रमण गर्नेगर्छ । यो पटक कुकुरमा केहि फरक लक्षण देखिएकाले पनि त्यसलाई निगरानीमा राखेका हौं ।’ 

    शाखा प्रमुख दानीका अनुसार रेविज लागेको जनावरले आफ्नो बासस्थान नचिन्ने, मालिक नचिन्ने, भागेर एकान्तमा लुकेर बस्न खोज्ने, अघि आएको हरेक चिजलाई झम्टने, पानी देख्दा डराएको जस्तो व्यवहार गर्ने, मुखबाट ¥याल निकाल्ने जस्ता लक्षणहरु देखाउने गर्दछ । कुकुरको हकमा रेविज लागेको कुकुरले अनौठो आवाज निकालेर कराउने र पुच्छर टाङ्गमुनि राखेर हिँड्ने दानीले बताए । उनले गाउँघरमा भेटिने कुकुरमा असामान्य लक्षणहरु देखाएमा त्यसबाट जोगिनुपर्ने समेत बताएका छन् । 

    दानीले समयमै कुकुरलाई भ्याक्सीनेसन गर्ने र पाल्तु जनावरलाई जंगली तथा वाहिरी जनावरको सम्पर्कबाट टाढा राख्नुपर्ने सुझाव दिए । उनले कुकुर जन्मिएको ३ महिनामा रेविजको पहिलो भ्याक्सीन लगाउनुपर्ने र त्यसको एक महिनामा बुष्टर डोज लगाउनुपर्ने बताए । त्यसपछि प्रत्यक वर्ष कुकुरलाई रेबिज भ्याक्सीन लगएमा यसको जोखिम कम हुने उनले जानकारी दिए । 

    नगरले प्रत्येक वर्ष असोज महिनामा रेबिज दिवसको अवसर पारेर सप्ताहव्यापी भ्याक्सीनेसन कार्यक्रम मार्फत कुकुरहरुलाई भ्याक्सीन लगाउने गरेको बताउँदै उनले नगरबासीले त्यसबाट पनि सेवा लिन सक्ने बताए । 
    रेबिज रोग लागिसकेपछि त्यसको उपचार सम्भव नभएको देवदह नगर अस्पतालका प्रमुख संज्ञा सेनले जानकारी दिईन् । ‘हरेक कुकुरले टोक्दैमा त्यो रेविज हो भन्ने हुँदैन । त्यसैले आत्तिइहाल्नु पनि हुन्न । रेबिज संक्रमित कुकुरले टोकेमा पनि एन्टि रेबिज र २ प्रकारका ईमिनोग्लोविन नामक भ्याक्सीन लगाएर संक्रमण फैलिन नदिने हो ।’ उनले भनिन्, ‘हाल देशभर एन्टी रेबिज भ्याक्सीनको अभाव छ । नगर अस्पतालमा पनि केहि समय यता यो भ्याक्सिन सकिएको छ ।’ 

    यस क्षेत्रको सबैभन्दा ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि करिव १० दिन यता एन्टी रेबिज भ्याक्सिन सकिएको अस्पतालका भ्याक्सीन शाखा प्रमुख तिलक गौतमले जानकारी दिए । ‘सरकारी सप्लायर्सले भ्याक्सिन नपठाएका कारण यस क्षेत्रमा भ्याक्सिन अभाव भएको छ ।’ उनले भने, ‘केहि निजि अस्पतालमा होलान् तर प्रादेशिक लगाएत आसपासका प्राय सबै सरकारी अस्पतालमा यो भ्याक्सीन अभाव छ ।’ गौतमका अनुसार रेबिज लागेको कुकुरले टोकेको यकिन भएमा दुईवटा ईमिनोग्लोमिन भ्याक्सीन मध्ये एक थरी भ्याक्सीन प्रादेशिक अस्पतालमा स्टक रहेको छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुकुर आतंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।