Logo

२०८३, कार्तिक २८गते


images
images

रेविज सँक्रमित कुकुर आतंक ,मान्छे माथि आक्रमण

रेविज सँक्रमित कुकुर आतंक ,मान्छे माथि आक्रमण

images
  • सेतोमसी सहकर्मी
  • रेविज सँक्रमित कुकुर आतंक ,मान्छे माथि आक्रमण
    images

    कृष्ण अन्जान,च्यूरेक गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवाली आफ्नो वडाका वासिन्दाहरुलाई फाेनबाट सतर्क गराउँदै छन कि गाउँमा रेविजयुक्त कुकुरकाे विगविगि छ सतर्कता अपनाउनु हाेला ।            

    images
    images
    images

    सामाजिक उत्तरदायित्व वहन गर्दै वडा सदस्य ज्ञवालीले च्यूरेक क्षेत्रका सबैजसो घरमा फाेन गरेर जानकारी मात्र गराएका छैनन घरघरै पुगेर उनले रेविजयुक्त कुकुतबाट जाेगिन सल्लाह दिएका छन  र छाडा कुकुर देखिए वडामा जानकारी दिन समेत भनेका छन।                              

    images
    images
    images

    केही हफ्ता अघि देखि रुरुक्षेत्रकाे थानपती र च्यूृृरेकमा बहुला कुकुरको आतँक छ । गत हप्ता रुरुक्षेत्र गाउँ पालिका वडा न १ जिमिरखर्ककी काेपिला न्यौपानेलाई घरमै कुकुरले आक्रमण गर्याे र घाईते बनायो ,त्यहि कुकुरले रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवाली लाई समेत झम्ट्याे तर टाेक्न र चिथर्न पाएन । याे कुकुरलाई घेराहालेर मारीसकेपछि पाेष्टमार्टम र परिक्षण गर्दा रेविज भएकाे प्रमाणित भएपछि याे क्षेत्रमा रेविज सँक्रमित कुकुर रहेको प्रमाणित भएकाे छ ।मुख्यतया च्यूरेक क्षेत्रमा रहेका भुस्याहा कुकुरहरु सँगै रहेकाे र ती कुकुर सँग लड्दै हिँडेको याे कुकुरले यसक्षेत्रका कुकुरहरुमा रेविज फैलाएकाे हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ ।                              

    images
    images

    हामीले स्थानीय वासिलाई सचेत गराएका छौँ र घरपालुवा कुकुर जाे जसका छन डाक्टर बाेलाएर एन्टिरेविजकाे सुई लगाउन सल्लाह दिएका छौँ वडा सदस्य घनस्याम ज्ञवालीले भने ।                          

    यतिबेला रुरुक्षेत्रका सबैजसो वडमा कुकुरलाई बन्ध्याकरण गर्ने र एन्टिरेविजकाे सुई  लगाउने अभियान चलिरहेपनि कुकुर आतंक राेकिएकाे छैन । गत महिना रुरुक्षेत्र गाउँपालिका च्यूरेकमा सीता वि क ,रुरुक्षेत्र ३ कि रिता विक ,दुर्गा विक र ३ कै युवराज गौतमकाे गाेठमा छिरेर कुकुरको समुहले बाख्रा माथि आक्रमण गरेका थिए तर पछिल्लो पटक मान्छे माथिनै आक्रमण गर्न थालेपछि स्वाभाविक रुपमा कुकुर आतँक जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुकुर आतंक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।