Logo

२०८३, कार्तिक २८गते


images
images

रुरुक्षेत्रमा कुकुर आतंक, समुहमै गएर गोठका बाख्रा टोक्न थाले

रुरुक्षेत्रमा कुकुर आतंक, समुहमै गएर गोठका बाख्रा टोक्न थाले

images
  • रुरुक्षेत्रमा कुकुर आतंक, समुहमै गएर गोठका बाख्रा टोक्न थाले
    images

    कृष्ण अन्जान, गुल्मी ।  रुरुक्षेत्र गाउँपालिकाका वडा नम्बर ३ थानपति र वडा नम्बर १ काे च्यूृरेकमा कुकर आतंक मच्चिएको छ । कार्तिक महिनामा हुल बाँधेर हिँडने कुकुरले माघमा आतंक मच्याउदै बस्तुभाउलाई टोक्न थालेपछि गाउँमा आतंक मच्चिएको हो।

    images
    images
    images

    पाँचदेखि छ वटासम्मकाे समुहमा आएका कुकुरले स्थानीय किसानले पालेका बाख्रालाई गाेठमा गई टाेक्दा रुरुक्षेत्र ३ कि रिता नेपाली र युवराज गौतमका बाख्रा मरेका छन भने सीता बिककाे बाख्रो घाईते अवस्थामा छ । "एक्कासि हुल बाँधेर आएका कुकुरले बाख्रालाई झम्टे र टाेकेर रगतै पच्छे बनाए" रुरुक्षेत्र ३ कि रिता नेपालीले भनिन । 

    images
    images
    images

    कुकुरकाे आतंक बढेपछि याे क्षेत्रका किसानहरु आतँकित बनेका छन र स्थानीय निकायसँग गुहार माग्दैछन ।

    images
    images

    त्यसाे त रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका छाडा कुकुरहरुलाई बन्ध्याकरणसँगै एन्टिरेबिज भ्याक्सिन पनि लगाएकाे छ । "पहिलो चरणमा करिब त्रिपन्न भन्दा बढि छाडा र भुस्याहा कुकुरलाई हामीले बन्ध्याकरण गरेका छौँ भने एन्टिरेबिज इन्जेक्सन समेत लगाएका छौँ र दाेस्राे चरणकाे कार्यक्रम पनि तत्काल शुरु गरिनेछ"  रुरुक्षेत्र गाउँ पालिका पशु शाखा प्रमुख अमीत ज्ञवालीले बताए ।

    रुरुक्षेत्र गाउँपालिकाले आफ्नो अभियान जारी राख्दै गर्दा गाउँमा भने कुकुर आतंक भने राेकिएकाे छैन। यसरी समुहमा हिँड्ने कुकुरमा रेविज छ कि छैन यसकाे परिक्षण कसले गर्ने र याे आतंक राेक्ने ठाेस उपाए के हाे ? र, पिडित किसानका लागि राहत कसरी उपलब्ध गराउने चिन्ताकाे विषय बनेकाे रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनश्याम ज्ञवालीले चिन्ता व्यक्त गरे ।

    किसानका बाख्रालाई कुकुरले टाेकेपछि रुरुक्षेत्र गाउँ पालिका पशु शाखाका प्रमुख अमीत ज्ञवाली आफै पिडित किसान कहाँ पुगेर कुकुरले टाेकेर बाँचेका बाख्रालाई ओैषधाेपचार र एन्टिरेविज ईन्जेक्सन लगाएका छन तर गाउँमा कुकुर आतंक भने राेकिएकाे छैन, जसकाे कारणले किसानहरु चौबिसै घण्टा आफ्ना चौपाया पशुकाे चौकिदार बस्न विवस बनेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुकुर आतंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।