काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन प्रणाली लुटेरा भएको बताएका छन्। सोमबार सुर्खेतमा आयोजित वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने निर्वाचन प्रणाली आवश्यक नभएको बताए।
प्रचण्डले भने, ‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन। दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने प्रणाली चाहिएको छ। प्रतिक्रिया प्रतिगामी शक्तिहरूले संविधान संशोधनको कुरा गर्दैछन्। क्रान्तिकारी र प्रतिगामी शक्तिबीच कडा टसल हुनेवाला छ। यसमा आदिवासी, दलित, उत्पीडित र महिलासहित सबै वर्ग सचेत हुनुपर्छ।’
उनले आफ्नो नेतृत्वमा ल्याइएको विशेष प्याकेजलाई केपी ओली नेतृत्वको सरकारले कटौती गरेको भन्दै असन्तुष्टि जनाए।
साथै, जेठ १५ गते गणतन्त्र दिवसको दिन राजावादीहरूले गर्ने विरोधको प्रतिकार गर्न पनि उनले आग्रह गरे।
‘तथाकथित पूर्वपञ्चहरूले गणतन्त्र दिवसको दिन आन्दोलन घोषणा गरेका छन्। वाइसिएल लगायत सबै मिलेर प्रतिगामी शक्तिको प्रतिकार गर्न म सबैलाई आग्रह गर्छु,’ प्रचण्डले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology