काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्रीसँगै आसनग्रहण गरेका थिए । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागि हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पूर्जी जारी भएको आफ्नौ पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदाखेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाँही नमुना हो यो ?’
सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाई गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology