Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा आधारभूत समस्या पहिचानका लागि सुझाव संकलन

देवदहमा आधारभूत समस्या पहिचानका लागि सुझाव संकलन

images
  • देवदहमा आधारभूत समस्या पहिचानका लागि सुझाव संकलन
    images
    images

    देवदह । नेकपा (एकीकृत समाजवादी) ले देवदहमा आधारभूत समस्या पहिचानको लागि सुझाब संकलन गरेको छ । मंगलबार आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागीहरुले सुझाव दिएको पार्टी नगर अध्यक्ष सुशिला भट्टराईले जानकारी दिइन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य सिद्धिचरण भट्टराईले आम असन्तुष्टलाई सम्बोधन गर्दै सृजनात्मक ढंगले समस्या हल गर्ने उद्धेश्यले समस्या पहिचान गरी सुझाव संकलन गरेर नगरपालिकालाई बुझाउने कार्यक्रम तय गरिएको बताए । 
     
    अहिलेको मुख्य समस्या बेरोजगारी र कुशासन रहेको उल्लेख गर्दै उनले यिनै समस्याको निकासको लागि एकीकृत समाजवादीले केन्द्र, प्रदेश र स्थानीय तहमा नागरिकसंग सुझाब संकलन गरी सरकार प्रमुखलाई ज्ञापन पत्र बुझाउने अभियान संचालन गरेको बताए । 
     
    कार्यक्रममा बोल्दै साना किसान सहकारी संस्थाकी अध्यक्ष टिका न्यौपानेले सहकारीहरुलाई स्थानीय तहले आवश्यक नीति बनाएर काम गर्नुपर्ने बताइन् । आदिवासी जनजाती महासंघ देवदह अध्यक्षसमेत रहेकी महिला स्वयंसेविका मिना श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाको भरणपोषणको बारेमा स्थानीय तह चिन्तित हुनुपर्ने विचार राखिन् । उनले स्वास्थ्य क्षेत्रको जग बलियो बनाउन जनसमुदायसंग एकाकार भएर काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो पेशागत सुरक्षा र भविष्यको बारेमा चिन्तित रहेको बताइन् । 

    images
    images
    images

    पल्लवी सहकारी संस्थाका अध्यक्ष समेत रहेका अभियन्ता प्रमोद खनालले नगरपालिकाले ठुला योजनामा लगानी गर्नुपर्ने बताए । २-४ लाखका टुक्रे योजनाले दिगो विकास हुन नसक्ने उल्लेख गर्दै खनालले एउटा वडामा एउटा ठूलो योजना कार्यान्वयनमा ल्याउन सकियो भने त्यसले देखिने गरि विकास हुने बताए ।

    images
    images
    images

    व्यवसायी चन्द्रकान्त न्यौपानेले घरको मापदण्ड बारे नगरपालिकाले गलत निर्णय लिएको बताए । 'आज हामीले बनाएका साना घर, टिनले छाएका घर र साना झुपडीलाई हाम्रो सरकारको मापदण्डले घर नै मान्दैन ।' उनले भने, 'सरकारले बनाएको मापदण्ड अनुसार घर बनाउँदा ४०-५० लाख घटी घर बनाउने कुरा कल्पना पनि गर्न सकिदैन । त्यसैले नागरिकलाई बेघर बनाउन पाइन्न । निश्चित शहरी क्षेत्रमा बाहेक अन्यत्र सरकारी मापदण्ड जबर्जस्ती लाद्नु हुँदैन ।'

    त्यसैगरी देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले नगरपालिकाले आफ्नो स्रोत पहिचान र परिचालन गर्न नसकेको बताए । "नगरको मुख्य स्रोत नदिजन्य पदार्थ मात्र मानिदै आएको छ । अब यसलाई विस्तार गरिनुपर्छ ।"  उनले भने, "यहाँका सामुदायिक वनको स्रोत कसरी परिचालन गर्ने, टोलविकास संस्था, आमा समूह, सहकारी र अन्य संघसंस्थालाई कसरी परिचालन गर्ने भन्नेबारे नगरपालिकाको नीति हुनुपर्छ ।  त्यसो भयो भने, स्थानीय स्तरबाटै विकास अगाडी बढ्छ र त्यो दिगो पनि हुन्छ ।"

    पार्टीका जिल्ला सचिव टंक पोखरेलले प्राप्त सुझावलाई दस्तावेजीकरण गर्ने र नगरपालिकामा बुझाउने बताए । उनले विभिन्न चरणमा सुझाब लिने कार्य जारी रहको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।