काठमाडौं । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने निर्णयसँगै एनओसी स्थगित गरेको हो।
कार्यदलको प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ।
कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन हाललाई स्थगन गरिएको छ।
सरकारले अन्डरग्राजुएट कोर्स अध्ययन गर्न जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीलाई प्राथमिकता दिँदा अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययन अवरुद्ध हुनेजस्ता समस्या देखिएको जनाएको छ।
कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology