काठमाडौं । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न आग्रह गरे ।
निर्वाचन प्रणाली नभइ आफ्नो सोंचनमा परिवर्तन गर्नुपर्ने उनको धारणा छ । सांसद ढुंगानाले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको आरोप लगाए । उनले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको समेत बताएका छन् ।
उनले भने, ‘अहिले जुन संसदीय व्यवस्था स्वीकारेर हामी आएका छौँ । म स्पष्ट गर्न चाहन्छु । संसारमा हिटलर कहाँबाट आयो । हिटलर पनि निर्वाचित भएर आएको होइन र ? हामीले भोलि राष्ट्रपतिको निर्वाचनको कुरा हामी गर्छौं, राष्ट्रपतिको निर्वाचन भयो भने त्यो हिटलर बन्न सक्दैन । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोचेका छौँ भने त्यो सम्भव छैन । हाम्रो नियतमा परिवर्तन हुनुपर्छ ।’
सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोंच राख्न नहुने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology